Kathmandu Press

होङ्शी शिवम् सिमेन्टको १०.२० प्रतिशत लाभांश अनुमोदन

काठमाडौं, चैत ४ : होङसी शिवम् सिमेन्ट प्रालिले सेयरधनीका लागि प्रस्ताव गरेको १०.२०४ प्रतिशत बोनस सेयर दिने प्रस्ताव साधारणसभाबाट अनुमोदन भएको छ।कम्पनीको गत...
होङ्शी शिवम् सिमेन्टको १०.२० प्रतिशत लाभांश अनुमोदन

काठमाडौं, चैत ४ : होङसी शिवम् सिमेन्ट प्रालिले सेयरधनीका लागि प्रस्ताव गरेको १०.२०४ प्रतिशत बोनस सेयर दिने प्रस्ताव साधारणसभाबाट अनुमोदन भएको छ।

कम्पनीको गत वर्षको मुनाफाबाट १०.२०४ प्रतिशत बोनस सेयर दिने प्रस्ताव हालै सम्पन्न वार्षिक साधारणसभाले  अनुमोदन गरेको हो।     

यो कम्पनीमा शिवम सिमेन्ट लिमिटेडको सहायक कम्पनी शिवम होल्डिङ्सको लगानी ३० प्रतिशत लगानी छ। बाँकी ७० प्रतिशत लगानी चीनको होङ्शी होल्डिङ ग्रुपअन्तर्गतको हङकङ रेडलाइन सिमेन्टको रहेको छ।

प्रकाशित मिति: १६:५२ बजे, शुक्रबार, चैत ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्