Kathmandu Press

अपि पावरले हकप्रद निष्कासनका लागि चैत १४ गते बुक क्लोज गर्ने

काठमाडौं, फागुन ४ : अपि पावर कम्पनीले हकप्रद सेयर निष्कासनको प्रयोजनका लागि चैत १४ गते बुक क्लोज मिति तोकेको छ।त्यसकारण चैत १३ सम्म...
अपि पावरले हकप्रद निष्कासनका लागि चैत १४ गते बुक क्लोज गर्ने

काठमाडौं, फागुन ४ : अपि पावर कम्पनीले हकप्रद सेयर निष्कासनको प्रयोजनका लागि चैत १४ गते बुक क्लोज मिति तोकेको छ।

त्यसकारण चैत १३ सम्म कायम सेयरधनीले मात्रै कम्पनी निष्कासन गर्ने हकप्रद सेयरका लागि आवेदन दिन पाउनेछन्। चुक्ता पुँजी २ अर्ब ७५ करोड ८९ लाख रुपैयाँको १ः०.३९३६ को अनुपातमा १०० रुपैयाँ अंकित दरमा १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर निष्कासन गरिने कम्पनीले जनाएकाे छ।

उक्त परिमाणकाे हकप्रद सेयर निष्कासनपछि कम्पनीको चुक्ता पूँजी ३ अर्ब ८४ करोड ४९ लाख रुपैयाँ पुग्नेछ ।

कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई ताेकेकाे छ।

प्रकाशित मिति: १५:३५ बजे, शुक्रबार, चैत ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्