Kathmandu Press

नेपाल लाइफकाे लाभांश सुरक्षित गर्ने अन्तिम दिन आइतबार

काठमाडौं, चैत ४ : नेपाल लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा चैत २१ गते हुँदैछ।त्यसका लागि चैत ७ गते उक्त कम्पनीको बुक क्लोज हुँदैछ। त्यसकारण...
नेपाल लाइफकाे लाभांश सुरक्षित गर्ने अन्तिम दिन आइतबार

काठमाडौं, चैत ४ : नेपाल लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा चैत २१ गते हुँदैछ।

त्यसका लागि चैत ७ गते उक्त कम्पनीको बुक क्लोज हुँदैछ। त्यसकारण कम्पनीले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आइतबार (चैत ६) सम्म मात्र रहेको छ।

आइतबारसम्म कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन र लाभांश पाउने जानकारी कम्पनीले गराएको छ। कम्पनीले आव २०७७ ७८ को नाफाबाट शेयरधनीलाई १४ प्रतिशत बोनस सेयर र शून्य दशलमव ७४ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने प्रस्ताव गरिसकेको छ।

होटल भिस्वा वीरगन्ज पर्सामा बिहान ९ बजेदेखि हुने साधारणसभाले साे प्रस्ताव पारित गर्नेछ।

सभाले हाल कायम पुँजी संरचनामा संस्थापन र सर्वसधारण सेयरको ६०ः४० अनुपातलाई परिवर्तन गरि ५१ः४९ प्रतिशत कायम गर्न संस्थापक सेयरलाई सर्वसाधारण सेयरमा परिणत गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

प्रकाशित मिति: १२:४८ बजे, शुक्रबार, चैत ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्