Kathmandu Press

ग्रिन भेन्चर्सको आइपिओ आउँदै

काठमाडाैं, फागुन ३० : ग्रिन भेन्चर्स लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर बिक्री खुला गर्ने भएको छ। कम्पनीले आगामी चैत ८ गतेदेखि प्रतिकित्ता रु....
ग्रिन भेन्चर्सको आइपिओ आउँदै

काठमाडाैं, फागुन ३० : ग्रिन भेन्चर्स लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर बिक्री खुला गर्ने भएको छ। कम्पनीले आगामी चैत ८ गतेदेखि प्रतिकित्ता रु. एक सय अंकित रु. ३१ करोड २५ लाख मूल्य बराबरको ३१ लाख २५ हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) को बिक्री खुला गर्न लागेको हो।

कम्पनीले निष्काशन गर्ने साधारण शेयरमा कुल निष्कासनको ५ प्रतिशत अर्थात् १ लाख ५६ हजार २ सय ५० कित्ता सामूहिक लगानी कोषलाई र ३ प्रतिशत अर्थात् ९३ हजार ७५० कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरी बाँकी २८ लाख ७५ हजार कित्ता सेयर खरिदका लागि सर्वसाधारणले आगामी चैत ८ देखि आवेदन दिन पाउने कम्पनीले जारी गरेको आह्न पत्रमा उल्लेख छ। 

Hardik ivf

सर्वसाधारणले चैत ११ गतेसम्म न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् भने सो अवधिसम्म माग गरिएबमोजिम आवेदन नआए आगामी चैत २२ सम्म निष्कासन खुला रहने कम्पनीले जनाएको छ। 

नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका  बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै अनलाइनमार्फत ‘मेरो सेयर’ प्रयोग गरेर पनि सर्वसाधारणले सेयर खरिदका लागि आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले जनाएको छ। 

कम्पनीले हाल ओखलढुंगा जिल्लाको खिजिदेम्बा गाउँपालिका–१ र ३ तथा रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिकाको वडा ७ मा केन्द्र रहेको कुल ५२ दशमलव चार मेगावाट क्षमताको ‘लिखु–४ जलविद्युत‘ आयोजना निर्माण गरिरहेको छ। कम्पनीले आयोजना निर्माणको कुल अनुमानित लागत रु १२ अर्ब ८ करोड  हुने जनाएको छ।

कम्पनीको अधिकृत पुँजी रु पाँच अर्ब र हालको जारी पूँजी रु तीन अर्ब १२ करोड ५० लाख तथा संस्थापकबाट चुक्ता भएको चुक्ता पुँजी रु दुई अर्ब ५० करोड छ । कम्पनीले यसअघि आयोजना प्रभावित बासिन्दाका लागि खुलाएको ३१ करोड २५ लाख कित्ता र यो आह्वान पत्रानुसार सर्वसाधारणलाई खरिदका लागि खुला गरेको साधारण शेयर (३१ लाख २५ हजार कित्ता) बाँडफाँटपश्चात चुक्ता पुँजी रु. ३ अर्ब १२ करोड ५० लाख पुग्नेछ। यसअघि स्थानीयलाई गत फागुन २ देखि २० सम्म ३१ लाख २५ हजार कित्ता शेयर बिक्री खुला गरी सोको बाँडफाँटसमेत गरीसकेको कम्पनीले जनाएको छ। 
    
धितोपत्रको सार्वजनिक निष्कासन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार रेटिङ गर्दा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयरएनपी बिबी’ ग्रेडिङ प्रदान गरेको छ।

प्रकाशित मिति: १२:०५ बजे, सोमबार, फागुन ३०, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्