शेयर बजार आज पनि सकारात्मक हुन सकेन
काठमाडौं, असोज ९ : साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक १ दशमलव ७३ अंकले घटेर ११२९ दशमलव ८० को बिन्दुमा पुगेको छ। दोस्रो बजार परिसूच....
काठमाडौं, असोज ९ : साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक १ दशमलव ७३ अंकले घटेर ११२९ दशमलव ८० को बिन्दुमा पुगेको छ। दोस्रो बजार परिसूचकमा ० दशमलव १५ प्रतिशतकोे गिरावट देखिएको छ।
दोस्रो बजार ११३१ दशमलव ५२ को विन्दुमा खुलेको थियो भने ११३३ दशमलव ८१ को उच्च विन्दुसम्म पुगेको थियो। बजारको न्यून विन्दु ११२८ दशमलव ४४ थियो।बिहीबार २१ करोड २५ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।
आजको बजारको अवस्था
आज सर्वाधिक कारोबार हुने
आज सबैभन्दा धेरै माछापुच्छ्रे बैंकको शेयर किनबेच भएको छ। माछापुच्छ्रे बैंकको १ करोड ९४ लाख बराबरको शेयर किनबेच भएको छ।
आज सर्वाधिक कमाउने र गुमाउने
आज सिनर्जी पावरका शेयरधनीले सर्वाधिक ७ दशमलव ४६ प्रतिशतले कमाए भने जोशी हाइड्रोपावरका शेयरधनीले सर्वाधिक ५ दशमलव २६ प्रतिशतले गुमाए।
प्राविधिक विश्लेषण
चित्र नं १ : दैनिक मैनबत्ती प्रवृत्ति
चित्र नं १, नेप्सेको दैनिक मैनबत्ती प्रवृत्ति अनुसार बजार घट्दो प्रवृत्तिमा रहेको देखिन्छ। आजको मैनबत्तीले बजारमा उतारचढाव कम रहेको संकेत गरेको छ। आजको परिमाण हिजोभन्दा प्रभावकारी देखिन्छ।
चित्र नं.२ : पाँच मिनेट मैनबत्ती प्रवृत्ति
चित्र नं.२, विगत दुई कारोबार दिनदेखि बजारको उतारचढाव कस्तो रह्यो भनेर हेर्नलाई पाँच मिनेट समयावधिका मैनबत्तीलाई प्रयोग गरिएको छ। हिजो र आज बजार घट्दो प्रवृत्तिमा रहेको देखिन्छ।
२१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरु एकआपसमा फराकिलौ हँदै गएकाले बजारमा विक्रेताको चाप रहेको संकेत गरेको छ। रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ४६ दशमलव ५६ अंकमा रहेको छ। कारोबारको अन्तिम समयमा आरएसआई र स्टोकास्टिक अक्सिलेटरले बजारमा क्रेताको चाप केही मात्रामा रहेको संकेत गरेको छ।
निष्कर्ष : माथि उल्लेखित छोटो समयावधिका नेप्से प्रवृत्ति र सूचकहरुले बजार घट्दो प्रवृत्तिमा रहेको संकेत गरेको छ। समग्रमा हेर्दा यदि बजार ११३४ भन्दा माथि स्थिर रहेमा बजार केही सकारात्मक हुन सक्ने संकेत गर्नुका साथै अर्को सामान्य तत्कालीन प्रतिरोध ११४२ मा रहेको देखिन्छ। त्यस्तै, तत्कालीन टेवा ११२० मा रहेको देखिन्छ।