Kathmandu Press

राष्ट्र उत्थान लघुवित्तको आइपिओ नेप्सेमा सूचीकृत, आइतबारदेखि कारोबार

काठमाडाैं, फागुन २१ : राष्ट्र उत्थान लघुवित्तको आइपिओ आज (बिहीबार) आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ। कम्पनीको २६ लाख कित्ता...
राष्ट्र उत्थान लघुवित्तको आइपिओ नेप्सेमा सूचीकृत, आइतबारदेखि कारोबार

काठमाडाैं, फागुन २१ : राष्ट्र उत्थान लघुवित्तको आइपिओ आज (बिहीबार) आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ। कम्पनीको २६ लाख कित्ता आइपिओ आज सूचीकृत भएको हो।

कम्पनीले ८ लाख ५० हजार कित्ता सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुला गरेको र १७ लाख ५० हजार कित्ता सेयर संस्थापकहरुको लगानी गरेको सहित गरेर कुल २६ लाख कित्ता सेयर सूचीकृत गराएको हो।

Hardik ivf

अब कम्पनीको सेयर आइतबारदेखि कारोबारमा आउनेछ। नेप्सेमा उक्त कम्पनीको सेयर पहिलो कारोबारका लागि प्रतिकित्ता १६७.४३ रुपैयाँदेखि ५०२.२९ रुपैयाँ तोकेको छ। नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ।

फागुन २६ गते नेप्से र कम्पनीबीच धितोपत्र सूचीकरण सम्झौता भएको हो। साथै सूचीकरण पश्चात दिनुपर्ने आरटिएस सेवा एनआइबिएल एस क्यापिटलमार्फत हुने कम्पनीले जानकारी दिएको छ।

प्रकाशित मिति: १४:०० बजे, बिहीबार, फागुन २६, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्