Kathmandu Press

रोकिएन शेयर बजारको ओरालो यात्रा

काठमाडौं, असोज ८  : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बुधबार पुनःओरालो लागेको छ। 

नेपाल स्टक एक्सचेञ्जका अनुसा....

रोकिएन शेयर बजारको ओरालो यात्रा

काठमाडौं, असोज ८  : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बुधबार पुनःओरालो लागेको छ। 

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३.०३ अङ्कले घटेर ११३१.५३ मा पुगेको छ। यसैगरी सेन्सेटिभ परिसूचक पनि ०.७१ अङ्कले घटेर २४७.७० मा पुगेको थामिएको छ। परिसूचक घटेसँगै कारोबार रकममा पनि भारी गिरावट आएको छ। 

कूल १६६ कम्पनीको सात लाख ७७ हजार ७३५ कित्ता शेयर १६ करोड ६९ लाख २१ हजार ७७९ रूपैयाँमा खरीद विक्री भयो। कारोबार भएका कूल १२ उपसमूहमध्ये दुई समूहको मात्र शेयर उकालो लागेको छ। दश उपसमूहको शेयर भने ओरालो लागेको छ। लघुवित्त ०.८ र अन्य उपसमूहको शेयर ३.१९ अङ्कले बढेको छ। 

यसैगरी बैंकिङ ४.८३, व्यापार २.३७, होटल २.२९, विकास बैंक ३.२९, जलविद्युत् १.४५, वित्त ३.४८, निर्जीवन बीमा २२.४४, उत्पादन ३.२७, जीवन बीमा ३.०८ र सामूहिक लगानी कोषको शेयर ०.१ अङ्कले घटेको छ। 

बुधबार कुनै पनि कम्पनीको शेयर एक करोडमाथि कारोबार हुन सकेनन्। कारोवार रकमका आधारमा बुधबार सानिमा बैंक शीर्ष स्थानमा रह्यो। सो बैंकको शेयर ८६ लाख ५६ हजार २२९ रूपैयाँमा खरीद विक्री भई शीर्ष स्थानमा रह्यो। 

यस्तै नेपाल बैंकको ८३ लाख २४ हजार ५११, प्रभु बैंकको  ६८ लाख १८ हजार १९१, नेपाल लाइफ इन्स्योरेन्सको ५९ लाख ६३ हजार ७४० र एनआइसी एशिया बैंकको शेयर ५८ लाख चार हजार २०९ मा खरीद विक्री भयो। 

परिसूचक घटे पनि खानीखोला हाइड्रोपावरका शेयरधनीले ९.४३ प्रतिशतले कमाए। यस्तै कर्णाली डेभलपमेन्ट बैंक ३.०३, माउन्टेन हाइड्रो नेपाल २.५६, देव विकास बैंक २.३८, अरुण कावेली पावर २.३१ र विजय लघुवित्त वित्तीय संस्थाका शेयरधनीले दुई प्रतिशतले कमाए। 

यसैगरी तिनाउ मिसन डेभलपमेन्ट बैंकका लगानीकर्ताले ६.९६ प्रतिशतले गुमाउँदा प्रोग्रेसिभ फाइनान्स ५.७६, गुराँस लघुवित्त वित्तीय संस्था ४.०४, सिर्जना फाइनान्स ३.०३, हिमालयन जनरल इन्स्योरेन्स २.९३ र सिनर्जी पावर डेभलपमेन्टका शेयरधनीले २.८९ प्रशितले गुमाए। रासस
 

प्रकाशित मिति: १९:१३ बजे, बुधबार, असोज ८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्