Kathmandu Press

७७ हजार जनालाई नेष्डो लघुवित्तको आइपिओ पर्दा २४ लाखको हात खाली

काठमाडौं, फागुन २४ : नेष्डो समृद्धि लघुवित्तको आईपीओ आज (मंगलबार) बाँडफाँड गरिएको छ। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आईपीओ...
७७ हजार जनालाई नेष्डो लघुवित्तको आइपिओ पर्दा २४ लाखको हात खाली

काठमाडौं, फागुन २४ : नेष्डो समृद्धि लघुवित्तको आईपीओ आज (मंगलबार) बाँडफाँड गरिएको छ। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आईपीओ बाँडफाँड गरेको हो।

क्यापिटलका अनुसार लघुवित्तकोआईपीओमा आवेदन दिएकामध्ये ७७ हजार ४५६ जनाले गोलाप्रथाबाट १० कित्ताका दरले सेयर पाएका छन्। तीनजनाले भने थप एकएक कित्ता गरी ११ कित्ता सेयर पाएका छन्। 

Hardik ivf

यही फागुन ११ देखि लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा कुल ८ लाख २८ हजार ७५० कित्ता आईपीओ बिक्री खुला गरेको थियो। तीमध्ये सामूहिक लगानी कोषका लागि ४१ हजार ४३७ कित्ता र लघुवित्तका कर्मचारीका लागि १२ हजार ७५० कित्ता छुट्ट्याइएको थियो।

सर्वसाधारणका लागि ७ लाख ७४ हजार ५६३ कित्ताका लागि आवेदन माग गरेको थियो। जसमा २५ लाख २७ हजार १०१ वटा आवेदन परेकामा ४ हजार १४६ वटा आवेदन भने रद्द भएका थिए ।

रद्द आवेदन हटाएर सदर भएका २५ लाख २२ हजार ९५५ जनालाई गोलाप्रथामा समावेश गरी सेयर ७७ हजार ४५६ जनालाई १० कित्ता र थप तीनजनालाई ११ कित्ता सेयर बाँडफाँड भएको छ। बाँकी रहेका २४ लाख ४५ हजार ४९९ जनाको हात खाली भएको छ।

कम्पनीको आईपीओ नतिजा, सिडीएर एन्ड क्लियरिङ लिमिटेडको मेरोसेयर र आईपीओ नतिजा हेर्न बनाइएको वेबसाइटका साथै बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको वेबसाइटमार्फत हेर्न सकिनेछ।

प्रकाशित मिति: १४:२७ बजे, मंगलबार, फागुन २४, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्