शेयर बजारमा पुनः विक्रेताको चाप
काठमाडौं, असोज ७ : नेप्से परिसूचक ६ दशमलव ४२ अंकले घटेर मंगलबार ११३४ दशमलव ५६ को विन्दुमा पुगेको छ।
दोस्रो बजार परिसूचकमा ० दशमलव ५६ प्....
काठमाडौं, असोज ७ : नेप्से परिसूचक ६ दशमलव ४२ अंकले घटेर मंगलबार ११३४ दशमलव ५६ को विन्दुमा पुगेको छ।
दोस्रो बजार परिसूचकमा ० दशमलव ५६ प्रतिशतकोे गिरावट देखिएको छ। ११४० दशमलव ९९ को विन्दुमा खुलेको दोस्रो बजार ११४१ दशमलव ७२ को उच्च विन्दुसम्म पुगेको थियो।
बजारको न्यून विन्दु ११३२ दशमलव ६२ थियो। दिनभरमा २१ करोड ८२ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।
आजको बजारको अवस्था
आज सर्वाधिक कारोबार हुने
आज सबैभन्दा धेरै सानिमा बैंकको शेयर किनबेच भएको छ। सानिमा बैंकको ३ करोड १६ लाख बराबरको शेयर किनबेच भएको छ।
आज सर्वाधिक कमाउने र गुमाउने
खानीखोला हाइड्रोपावरका शेयरधनीले सर्वाधिक ८ दशमलब १६ प्रतिशतले कमाए भने रैराङ हाइड्रोपावरका शेयरधनीले सर्वाधिक ७ दशमलव २७ प्रतिशतले गुमाए।
प्राविधिक विश्लेषण
चित्र नं १ : दैनिक मैनबत्ती प्रवृत्ति
चित्र नं १, नेप्सेको दैनिक मैनबत्ती प्रवृत्ति अनुसार बजार घट्दो प्रवृत्तिमा रहेको देखिन्छ। आजको मैनबत्तीले बजारमा विक्रेताको चाप रहेको संकेत गरेको छ। आजको परिमाण सामान्य रहेको छ।
चित्र नं.२ : पाँच मिनेट मैनबत्ती प्रवृत्ति
चित्र नं.२, विगत दुई कारोबार दिनदेखि बजारको उतारचढाव कस्तो रह्यो भनेर हेर्नलाई पाँच मिनेट समयावधिका मैनबत्तीलाई प्रयोग गरिएको छ। हिजो प्रवृत्तिहीन रहेको बजार आज घट्दो प्रवृत्तिमा रहेको देखिन्छ।
२१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए) एकापसमा फराकिलो हुँदै गएकाले बजारमा विक्रेताको चाप रहेको संकेत गरेको छ। रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ३९ दशमलव ०४ अंकमा रहेको छ। कारोबारको अन्तिम समयमा आरएसआई र स्टोकास्टिक अक्सिलेटरले बजारमा क्रेताको चाप केही मात्रामा रहेको संकेत गरेको छ।
निष्कर्ष : माथि उल्लेखित छोटो समयावधिका नेप्से प्रवृत्ति र सूचकहरुले बजार पुनः घट्दो प्रवृत्तिमा रहेको संकेत गरेको छ। समग्रमा हेर्दा यदि बजार ११३८ भन्दा माथि स्थिर रहेमा बजार केही सकारात्मक हुन सक्ने संकेत गर्नुका साथै अर्को सामान्य तत्कालीन प्रतिरोध ११४८ मा रहेको देखिन्छ। त्यस्तै, बजार अझ केही सच्चिन सक्ने सम्भावना देखिन्छ। तत्कालीन टेवा ११२० मा रहेको देखिन्छ।