Kathmandu Press

शेयर बजारमा अन्योलता

काठमाडौं, असोज ६ : नेप्से परिसूचक १ दशमलव ७३ अंकले बढेर ११४० दशमलव ९८ को विन्दुमा पुगेको छ।

११३९ दशमलव ९२ को विन्दुमा खुलेको दोस्रो बजा....

शेयर बजारमा अन्योलता

काठमाडौं, असोज ६ : नेप्से परिसूचक १ दशमलव ७३ अंकले बढेर ११४० दशमलव ९८ को विन्दुमा पुगेको छ।

११३९ दशमलव ९२ को विन्दुमा खुलेको दोस्रो बजार ११४८ दशमलव ३० को उच्च विन्दुसम्म पुगेको थियो।  दोस्रो बजार परिसूचकमा ० दशमलव १५ प्रतिशतकोे वृद्धि देखिएको छ।

बजारको न्यून विन्दु ११३७ दशमलव ८३ थियो भनेर सोमबार दिनभरमा १७ करोड ७२ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। 

Hardik ivf

आजको बजारको अवस्था 

आज सर्वाधिक कारोबार हुने 
आज सबैभन्दा धेरै प्रभु बैंकको शेयर किनबेच भएको छ। प्रभु बैंकको १ करोड २५ लाख बराबरको शेयर किनबेच भएको छ। 


आज सर्वाधिक कमाउने र गुमाउने 
आज साल्ट ट्रेडिङ्ग कर्पोरेशनका शेयरधनीले सर्वाधिक ४ दशमलव ९४ प्रतिशतले कमाए भने युनियन हाइड्रो पावरका शेयरधनीले सर्वाधिक ३ दशमलव ७७ प्रतिशतले गुमाए। 


प्राविधिक विश्लेषण 

चित्र नं १ : दैनिक मैनबत्ती प्रवृत्ति

 
चित्र नं १, नेप्सेको दैनिक मैनबत्ती प्रवृत्ति अनुसार बजार घट्दो प्रवृत्तिमा रहेको देखिन्छ। आजको मैनबत्तीले बजार लगानीकर्ता अन्योल अवस्थामा रहेको संकेत गरेको छ। आजको परिमाण भने प्रभावकारी देखिँदैन। 

चित्र नं.२ : पाँच मिनेट मैनबत्ती प्रवृत्ति

चित्र नं.२, विगत दुई कारोबार दिनदेखि बजारको उतारचढाव कस्तो रह्यो भनेर हेर्नलाई पाँच मिनेट समयावधिका मैनबत्तीलाई प्रयोग गरिएको छ। हिजो घट्दो प्रवृत्तिमा रहेको बजार सोमबार प्रवृत्तिहीन रहेको देखिन्छ। 

२१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरु एकापसमा नजिकिँदै गएकाले बजारमा विक्रेताको चाप कम हुँदै गएको संकेत गरेको छ।  रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ४३ दशमलव ७१ अंकमा रहेको छ। यसको प्रवृत्तिले बजार सामान्य रहेको संकेत गरेको छ। स्टोकास्टिक अक्सिलेटरले बजारमा शेयर बढी विक्री हुन थालेको संकेत गरेको छ।

निष्कर्ष : माथि उल्लेखित छोटो समयावधिको नेप्से प्रवृत्ति र सूचकहरुले आज बजार अन्योल रहेको संकेत गरेको छ। समग्रमा हेर्दा यदि बजार ११५० भन्दा माथि स्थिर रहेमा बजार केही सकारात्मक हुन सक्ने संकेत गर्नुका साथै अर्को सामान्य तत्कालीन प्रतिरोध ११६० मा रहेको देखिन्छ। त्यस्तै, यदि बजार ११३५ भन्दा तल स्थिर रहेमा बजार पुनः केही सच्चिन सक्ने संकेत गर्दछ र अर्को तत्कालीन टेवा ११२० मा रहेको देखिन्छ। 
 

प्रकाशित मिति: १८:४७ बजे, सोमबार, असोज ६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्