राष्ट्र उत्थान लघुवित्तको आईपीओ बाँडफाँट
काठमाडौं, फागुन १३ : राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्कासन गरेको आईपीओको बाँडफाँट भएको छ ।बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले बिहीवार आईपीओ...
काठमाडौं, फागुन १३ : राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्कासन गरेको आईपीओको बाँडफाँट भएको छ ।
बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले बिहीवार आईपीओ बाँडफाँट गरेको हो । आईपीओमा २५ लाख ८५ हजार दुई सय ६१ जनाले आवेदन दिएकोमा पाँच हजार आठ सय ५९ जनाको आवेदन रद्द भएको थियो ।
योग्य आवेदकको सङ्ख्या २५ लाख ७९ हजार चार सय दुई जनामध्ये गोलाप्रथाबाट ७९ हजार चार सय ५० जनाले १० कित्ताको दरले पाएका छन् ।
यस्तै २५ लाख पाँच हजार आठ सय ११ जना आवेदकको हात खाली भएको छ । लघुवित्तले आठ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गरेको हो ।
प्रकाशित मिति: ०७:०६ बजे, शुक्रबार, फागुन १३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार