Kathmandu Press

साताभर शेयर बजारमा अत्यधिक उतारचढाव

काठमाडौं, असोज ४  : यो साता नेप्से परिसूचक ११५७ दशमलव ६८ विन्दुमा खुलेको थियो भने ११७८ दशमलब ३२ को ‘इन्ट्राडे’ उच्च विन्दु बनाएक....

साताभर शेयर बजारमा अत्यधिक उतारचढाव

काठमाडौं, असोज ४  : यो साता नेप्से परिसूचक ११५७ दशमलव ६८ विन्दुमा खुलेको थियो भने ११७८ दशमलब ३२ को ‘इन्ट्राडे’ उच्च विन्दु बनाएको थियो।

त्यसैगरी, ‘इन्ट्राडे’ न्यून विन्दु ११२१ दशमलव ७२ थियो भने बजार ११५५ दशमलव ३० विन्दुमा बन्द भएको थियो। यो अघिल्लो साताभन्दा २ दशमलव ५९ अंक अर्थात ० दशमलव २२ प्रतिशतको गिरावट हो।

यो साता पाँच कारोबार दिनमा १ अर्ब ८९ करोड २७ लाख बराबर रकमको शेयर कारोबार भएको छ। यो अघिल्लो साताभन्दा २१ दशमलव ३० प्रतिशतको वृद्धि हो। 
प्राविधिक विश्लेषण 

Hardik ivf

चित्र नं १ : साप्ताहिक मैनबत्ती प्रवृत्ति


विगत ६ महिनादेखि बजारको उतारचढाव कस्तो रह्यो भनेर हेर्नलाई चित्र नं. १ मा नेप्सेको साप्ताहिक मैनबत्तीहरुलाई प्रयोग गरिएको छ। गत चार महिनादेखि  बजार घट्दो प्रवृत्तिमा रहेको छ।

यो साताको मैनबत्तीले लङ्गलेग डोजी आकृति बनाएको छ। यसले हालसम्म घट्दो प्रवृत्तिमा रहेको बजार परिवर्तन हुन सक्ने संकेत गरे पनि अर्को साताको मैनबत्तीलाई पनि हेर्नु पर्ने हुन्छ। मैनबत्तीले यो साता बजारको उतारचढाव अत्याधिक रहेको संकेत गर्दछ।

त्यस्तै, परिमाणले पनि लगानीकर्ताहरुको सहभागिता अघिल्लो साताभन्दा बढेको संकेत गरेको छ।  

चित्र नं.२ : दैनिक मैनबत्ती प्रवृत्ति

चित्र नं.२, गत तीन महिनादेखि बजार कस्तो रह्यो भनेर हेर्नलाई दैनिक मैनबत्तीहरुलाई प्रयोग गरिएको छ। नेप्से हालसम्म घट्दो प्रवृत्तिमा रहेको देखिन्छ। 

२१ दिनको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)भन्दा बजारको प्रवृत्ति तल रहेकाले बजार घट्दो प्रवृत्तिमा रहेको देखिन्छ। रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ३९ दशमलव ७० अंकमा रहेको छ।

आरएसआईले हिडन वियरिस डाइभर्जेन्सको प्रवृत्ति बनाएको छ, यसले बजार अझ केही सच्चिन सक्ने संकेत गर्दछ। स्टोकास्टिक अक्सिलेटरले भने बजारमा क्रेताको चाप हुन सक्ने संकेत गरेको छ।

निष्कर्ष : हालसम्म नेप्सेको प्रवृत्तिहरु र सूचकहरुले मिश्रित संकेत गरेको छ। समग्रमा बजार हेर्दा यदि बजार  १२०० भन्दा माथि स्थिर रहेमा बजार केही समयका लागि सकारात्मक हुन सक्ने देखिन्छ। बजारको तत्कालीन सामान्य टेवा ११५० देखि ११५५ को क्षेत्रमा रहेको देखिन्छ। 
 

प्रकाशित मिति: १७:३७ बजे, शनिबार, असोज ४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्