संकल्प प्रस्तावमाथि छलफल गर्न मधेस प्रदेशसभा बैठक बस्दै
जनकपुर, फागुन १० : मधेस प्रदेशको प्रदेशसभा बैठक आज बस्ने भएको छ।प्रदेशसभा सचिवालयका अनुसार आज दिउँसो २ बजे बस्ने प्रदेशसभाको बैठकमा अघिल्लो बैठकमा...जनकपुर, फागुन १० : मधेस प्रदेशको प्रदेशसभा बैठक आज बस्ने भएको छ।
प्रदेशसभा सचिवालयका अनुसार आज दिउँसो २ बजे बस्ने प्रदेशसभाको बैठकमा अघिल्लो बैठकमा सरकारद्वारा प्रस्तुत प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्तावमाथि छलफल हुनेछ।
गत माघ २६ गते बसेको प्रदेशसभाको बैठकमा प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले सो सङ्कल्प प्रस्ताव पेश गरेका थिए।
बैठकमा प्रदेशसभा सदस्य ज्ञानेन्द्रकुमार यादव, रवीन्द्र बैठा, जगतप्रसाद यादव, जैनुल राइन, परमेश्वर साह, शिवचन्द्र चौधरी, नरेशकुमार यादव, अभिराम शर्मा, किशोरी साह (कमल), रीना यादव, रामअशिष यादवलगायतले सरकारद्वारा ल्याइएको सङ्कल्प प्रस्तावमाथि आ–आफ्ना धारणा राखेका थिए।
यसअघि फागुन १ गते आह्वान गरेको प्रदेशसभाको बैठक विशेष कारण जनाउँदै प्रदेशसभा सचिवालयले स्थगन गरेको थियो।
प्रकाशित मिति: ०८:१२ बजे, मंगलबार, फागुन १०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैआइतबार, मंसिर ९, २०८१
बन्दीपुरको बौद्धसदनमा गुम्बा निर्माणआइतबार, मंसिर ९, २०८१
रवि लामिछानेलाई आज अदालत उपस्थित गराइँदैआइतबार, मंसिर ९, २०८१
आजदेखि धरहरा चढ्दा शुल्क लाग्नेआइतबार, मंसिर ९, २०८१