Kathmandu Press

खोप लगाइएपछि भौतिक उपस्थितिमै विद्यालय सञ्चालन

सर्लाही, फागुन ४ : यहाँका विद्यालयले आफ्नो नियमित पठनपाठन सुरु गरेका छन् । कोरोना सङ्क्रमण र खोप अभियान चलेको समयमा खोप लगाउन भन्दै बन्द...
खोप लगाइएपछि भौतिक उपस्थितिमै विद्यालय सञ्चालन
फाइल तस्बिर

सर्लाही, फागुन ४ : यहाँका विद्यालयले आफ्नो नियमित पठनपाठन सुरु गरेका छन् । कोरोना सङ्क्रमण र खोप अभियान चलेको समयमा खोप लगाउन भन्दै बन्द रहेका जिल्लाका सामुदायिक तथा निजी विद्यालयले आफ्नो पठनपाठनको काम नियमित गरेका हुन्।

जिल्लाका २० वटै पालिकामा रहेका सामुदायिक तथा निजी, धार्मिकलगायतका सबै विद्यालयले विद्यार्थीलाई खोप लगाइसकेका कारण विद्यार्थीको भौतिक उपस्थितिमै पठनपाठन सञ्चालन गरेका शिक्षा विकास तथा समन्वय एकाइ मलङ्गवाले जनाएको छ।

Hardik ivf

जिल्लाका पालिकाले सूचना निकालेर विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउने भएकाले विद्यालय बन्द रहने जानकारी गराएका थिए । विद्यार्थीलाई खोप लगाइसकेपछि पुनःसूचना निकालेर पठनपाठन सञ्चालन गर्न विद्यालयलाई निर्देशन दिइएको मलङ्गवा नगरपालिकाका प्रमुख निरसल साहले बताए। 

जिल्लामा १२ वर्षदेखि १७ वर्षसम्मका एक लाख दुई हजार ९८७ जना विद्यार्थीले मोर्डना खोपको पहिलो मात्रा लगाएका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । दोस्रो मात्रा खोप लगाउने विद्यार्थीको सङ्ख्या भने सङ्कलन भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख डा नवलकिशोर झाले जानकारी दिए। 

प्रकाशित मिति: १४:०४ बजे, बुधबार, फागुन ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्