इमर्जिङ नेपालको आईपीओ बुधबार बाँडफाँट हुने

काठमाडौं, फागुन ४ : इमर्जिङ नेपालको लिमिटेडको साधारण सेयर (आईपीओ) बाँडफाँट बुधबार (भोलि) गरिने भएको छ ।
कार्निभल रेस्ट्रो एण्ड मिटिङ्समा बुधबार दिउँसो साढे तीन बजे आईपीओ बाँडफाँट हुने बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलले जानकारी दिएको हो ।
माघ २६ देखि फागुन १ सम्म आईपीओ निष्काशन गर्दा दुई अर्ब ७९ करोड ३६ लाख ३६ हजार रुपैयाँ बराबरको पाँच लाख ५५ हजार ६०० कित्ताका लागि आवेदन परेको बिक्री प्रबन्धकले जनाएको छ ।
२४ लाख २५ हजार ५३१ जनाले दुई करोड ७९ लाख ३६ हजार ३६ सय कित्ताका लागि आवेदन दिएका हुन् ।
प्रकाशित मिति: २०:५९ बजे, मंगलबार, फागुन ३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार