Kathmandu Press

आईपीओ जारी गर्ने तयारीमा धौलागिरि लघुवित्त

काठमाडौं, फागुन २ : धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ जारी गर्ने प्रक्रिया अघि बढाएको छ। कम्पनीले ३ लाख कित्ता सेयर निष्कासन गर्न लागेको...
आईपीओ जारी गर्ने तयारीमा धौलागिरि लघुवित्त

काठमाडौं, फागुन २ : धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ जारी गर्ने प्रक्रिया अघि बढाएको छ। कम्पनीले ३ लाख कित्ता सेयर निष्कासन गर्न लागेको जनाइएको छ। 

स्वीकृति पाउनेबित्तिकै आईपीओ जारी गर्ने गरी तयारी गरिएको कम्पनीले जनाएको छ। सेयर निष्कासनका लागि कम्पनीले सनराइज क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ।

लघुवित्त वित्तीय संस्थाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मीनबहादुर बोहरा तथा सन्राइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर भएको थियो।

यस संस्थाको प्रधान कार्यालय बागलुङमा रहेको छ।

प्रकाशित मिति: १६:०७ बजे, सोमबार, फागुन २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्