सकारात्मक बन्दै शेयर बजार, अब के होला?
काठमाडौं, असोज १ : साताको चौथोे कारोबार दिन बुधबार नेप्से परिसूचक २२ दशमलव ६८ ले बढेर ११७३ दशमलव ४२ को विन्दुमा पुगेको छ।
११५० दश....
काठमाडौं, असोज १ : साताको चौथोे कारोबार दिन बुधबार नेप्से परिसूचक २२ दशमलव ६८ ले बढेर ११७३ दशमलव ४२ को विन्दुमा पुगेको छ।
११५० दशमलव ६६ को विन्दुमा खुलेको दोस्रो बजार ११७३ दशमलव ५७ को उच्च विन्दुसम्म पुगेको थियो। दोस्रो बजार परिसूचकमा १ दशमलव ९७ प्रतिशतकोे वृद्धि देखिएको छ।
बजारको न्यून विन्दु ११५० दशमलव ६६ थियो भने दिनभरमा ४७ करोड ६८ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। आज बजारको अन्तिम विन्दु र ‘इन्ट्रा डे’ उच्च विन्दु लगभग बराबर भएकाले यसलाई सकारात्मक मानिन्छ।
आजको बजारको अवस्था
आज सर्वाधिक कारोबार हुने
आज सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको शेयर किनबेच भएको छ। शिवम् सिमेन्ट्सको ६ करोड २४ लाख बराबरको शेयर किनबेच भएको छ।
आज सर्वाधिक कमाउने र गुमाउने
आज सिन्धु विकास बैंकका शेयरधनीले सर्वाधिक १० प्रतिशतले कमाए भने कर्णाली डेभलपमेण्ट बैंकका शेयरधनीले सर्वाधिक ४ दशमलव ५४ प्रतिशतले गुमाए।
प्राविधिक विश्लेषण
अघिल्लो कारोबार दिनको निष्कर्ष अनुसार यदि बजार ११५३ भन्दा माथि स्थिर रहेमा बजार अझ केही सकारात्मक हुन सक्ने संकेत गर्नुका साथै अर्को तत्कालीन प्रतिरोध ११६० देखि ११७० को क्षेत्रमा रहेको भनिएको थियो। आज बजार त्यही अनुरुप चित्र नं. २ मा देखिए बमोजिम रहेको देखिन्छ।
चित्र नं १ : दैनिक मैनबत्ती प्रवृत्ति
चित्र नं १, नेप्सेको दैनिक मैनबत्ती प्रवृत्ति अनुसार हाल बजार प्रतिरोध क्षेत्रमा रहेको देखिन्छ। आजको मैनबत्तीले बुलिस मारुबोजु आकृति बनाएको छ। आजको परिमाणले बजारमा क्रेता हाबी रहेको र आजको मैनबत्तीलाई समर्थन गरेको देखिन्छ। यसले अर्को कारोबार दिन पनि बजार सकारात्मक हुन सक्ने संकेत गर्दछ।
चित्र नं.२ : पाँच मिनेट मैनबत्ती प्रवृत्ति
चित्र नं.२, विगत दुई कारोबार दिनदेखि बजारको उतारचढाव कस्तो रह्यो भनेर हेर्नलाई पाँच मिनेट समयावधिका मैनबत्तीलाई प्रयोग गरिएको छ। हिजोदेखि बजार बढ्दो प्रवृत्तिमा रहेको छ। आज बजारले दुई पटक ११७२ को प्रतिरोधलाई सामना गरेको छ र बजार त्यही क्षेत्रमा बन्द भएको छ।
२१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरुले हिजो गोल्डन क्रस बनाएपछि बजार बढ्दो प्रवृत्तिमा रहेको देखिन्छ। रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ८४ दशमलव ९७ अंकमा रहेको छ। आरएसआई र स्टोकास्टिक अक्सिलेटरले शेयर बढी खरिद भएको संकेत गरे पनि बजार सच्चिने संकेत गरेको देखिँदैन।
निष्कर्ष : माथि उल्लेखित छोटो समयावधिका नेप्से प्रवृत्ति र सुचकले बजार सकारात्मक भएको संकेत गरेको छ। समग्रमा यदि बजार ११७३ भन्दा माथि स्थिर रहेमा बजार अझ केही सकारात्मक हुन सक्ने संकेत गर्नुका साथै अर्को तत्कालीन प्रतिरोध १२०० को मनोवैज्ञानिक क्षेत्रमा रहेको देखिन्छ। त्यस्तै, यदि बजार ११५३ भन्दा तल स्थिर रहेमा बजार पुनः केही सच्चिन सक्ने संकेत गर्दछ र अर्को तत्कालीन टेवा ११४१ मा रहेको देखिन्छ।