Kathmandu Press

राष्ट्र उत्थान लघुवित्तले फागुन ४ देखि आइपिओ बिक्री खुला गर्ने

काठमाडौं, माघ २५ : राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले आगामी फागुन ४ गतेदेखि आइपिओ बिक्री खुला गर्ने भएको छ। लघुवित्तले आठ करोड ५० लाख...
राष्ट्र उत्थान लघुवित्तले फागुन ४ देखि आइपिओ बिक्री खुला गर्ने

काठमाडौं, माघ २५ : राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले आगामी फागुन ४ गतेदेखि आइपिओ बिक्री खुला गर्ने भएको छ। 

लघुवित्तले आठ करोड ५० लाख रुपैयाँ बराबरको आठ लाख ५० हजार कित्ता साधारण सेयर बिक्री गर्न लागेको हो। कम्पनीले प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँको दरले साधारण सेयर जारी गर्ने नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको हो।

यस्तै, कुल सार्वजनिक निष्कासन गर्न लागेको सेयरमध्ये ५ प्रतिशतले हुन आउने ४२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको छ भने १३ हजार कित्ता संस्थाका कर्मचारीलाई सुरक्षित गदै सात लाख ९४ हजार ५० कित्ता सर्वसाधारणका लागि बिक्री खुला गर्न लागिएको कम्पनीले जनाएको छ।

उक्त आईपीओमा छिटोमा फागुन ८ गते र ढिलोमा फागुन १८ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ​। लगानीकर्ताले न्यूनतम १० देखि एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

आईपीओ निष्कासनका लागि गराएको क्रेडिट रेटिङमा इक्रा रेटिङ नेपालले लघुवित्तलाई इक्रा एनपिआइआर डबल बी रेटिङ प्रदान गरेको छ। यसले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्छ।

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ।

प्रकाशित मिति: १३:०४ बजे, मंगलबार, माघ २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्