Kathmandu Press

किन लाग्यो नेप्से ठाडै ओरालो ?

काठमाडौं, भदौ ३० : बजार खुलेदेखि नै सोमबार विक्रीकर्ता हाबी भएका थिए। बजारको न्यून विन्दु ११२१ दशमलव ७२ रहेकोमा बजार त्योभन्दा थोरै माथि ११२३ दशम....

किन लाग्यो नेप्से ठाडै ओरालो ?

काठमाडौं, भदौ ३० : बजार खुलेदेखि नै सोमबार विक्रीकर्ता हाबी भएका थिए। बजारको न्यून विन्दु ११२१ दशमलव ७२ रहेकोमा बजार त्योभन्दा थोरै माथि ११२३ दशमलव ८३ को विन्दुमा बन्द भएको छ।  

साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक १६ दशमलव १८ ले घटेर ११२३ दशमलव ८३ को विन्दुमा पुगेको छ। दोस्रो बजार परिसूचकमा १ दशमलव ४२ प्रतिशतकोे गिरावट देखिएको छ।  दोस्रो बजार ११४० दशमलव ५०  को विन्दुमा खुलेको थियो भने ११४० दशमलव ५६ को उच्च विन्दुसम्म पुगेको थियो। 

आज ३४ करोड ३९ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। हिजोको कारोबारभन्दा आज कारोबार बढेकाले यसलाई सकारात्मक मानिँदैन। यसले बजारमा विक्रीकर्ता आत्तिएको अवस्था देखाउँछ।

Hardik ivf

आजको बजार अवस्था  

आज सर्वाधिक कारोबार हुने 
आज सबैभन्दा धेरै छिमेक लघुवित्तको शेयर किनबेच भएको छ। छिमेक लघुवित्तको १ करोड ८० लाख बराबरको शेयर किनबेच भएको छ। 


आज सर्वाधिक कमाउने र गुमाउने 
आज साल्ट ट्रेडिङ्ग कर्पोरेशनका शेयरधनीले सर्वाधिक ३ दशमलव ९८ प्रतिशतले कमाए भने नेशनल लाइफ इन्स्योरेन्सका शेयरधनीले सर्वाधिक ७ दशमलव ०९ प्रतिशतले गुमाए। 


लाभांस प्रस्ताव 

आज सबैको लघुवित्तले १३ प्रतिशत बोनस शेयर र शुन्य दशमलव ६८ प्रतिशत नगद लाभांस (कर प्रयोजनार्थ ) प्रस्ताव गरेको छ।  प्रस्तावित लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि साधारणसभा सम्पन्न भए पश्चात वितरण हुनेछ।  

प्राविधिक विश्लेषण 
चित्र नं १ : दैनिक मैनबत्ती प्रवृत्ति

चित्र नं १, नेप्सेको दैनिक मैनबत्ती प्रवृत्ति अनुसार बजार घट्दो प्रवृत्तिमा रहेको छ। आजको मैनबत्तीले पनि मारुबोजु आकृति बनाएको छ। यसले अर्को कारोबार दिन पनि बजार सच्चिन सक्ने संकेत गर्दछ। आज बजार ११३० को सामान्य टेवाभन्दा मुनि रहेको छ। आजको परिमाणले बजारमा विक्रेता हाबी रहेको संकेत गरेको छ। 


चित्र नं.२ : पाँच मिनेट मैनबत्ती प्रवृत्ति

चित्र नं.२, विगत दुई कारोबार दिनदेखि बजारको उतारचढाव कस्तो रह्यो भनेर हेर्नलाई पाँच समयावधिका मैनबत्तीलाई प्रयोग गरिएको छ। समग्रमा हेर्दा बजार अझै घट्दो प्रवृत्तिमा रहेको देखिन्छ। 

२१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरु एकापसदेखि फराकिलो हुँदै गएकाले बजारमा विक्रेताको चाप रहेको संकेत गरेको छ। कारोबारको अन्तिम समयमा रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) १८ दशमलव २४ अंकमा रहेको छ। आरएसआई र स्टोकास्टिक अक्सिलेटरले शेयर बढी विक्री भएको संकेत गरेको छ। 

निष्कर्ष : माथि उल्लेखित छोटो समयावधिका नेप्से प्रवृत्ति र सूचकहरुले बजार घट्दो प्रवृत्तिमा रहेको जनाएकाले बजारको प्रारम्भिक सकारात्मक संकेत पर्खनु पर्ने देखिन्छ। त्यसैले हाल बजार प्रवेश गर्नुअघि ‘पर्ख र हेर’को रणनीति अपनाउन उपयुक्त देखिन्छ। हाल नेप्सेको मुख्य प्रतिरोध ११७० रहेको र मुख्य टेवा ११०० मा रहेको देखिन्छ। 
 

प्रकाशित मिति: १७:३८ बजे, सोमबार, भदौ ३०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्