शेयर बजारमा निरन्तर गिरावट, विक्रेता आत्तिएको अवस्था
काठमाडौं, भदौ २९ : शेयर बजारमा आज खुलेबाट नै बिक्रिकर्ता हावी भएका थिए।
बजारको न्यून विन्दु ११३९ दशमलव ०७ रहेकोमा बजार त्यो भन्दा थोरै....
काठमाडौं, भदौ २९ : शेयर बजारमा आज खुलेबाट नै बिक्रिकर्ता हावी भएका थिए।
बजारको न्यून विन्दु ११३९ दशमलव ०७ रहेकोमा बजार त्यो भन्दा थोरै मात्र माथि ११४० दशमलव ०१ को विन्दुमा बन्द भएको छ। प्राविधिक भाषामा यसलाई ‘इण्ट्राडे लो’ भनिन्छ। यसले बजारमा बिक्रिकर्ताहरु आत्तिएको अवस्था देखाँउछ। कारोवार रकममा ठुलो वृद्धि नदेखिएकाले प्यानिक अवस्था भने नरहेको देखाँउछ।
साताको पहिलो कारोवारको दिन आज (आईतबार) नेप्से परिसूचक १७ दशमलव ८७ ले घटेर ११४० दशमलव ०१ को विन्दुमा पुगेको छ। दोश्रो बजार परिसूचकमा १ दशमलव ५४ प्रतिशतकोे गिरावट देखिएको छ। दोश्रो बजार ११५७ दशमलव ६८ को विन्दुमा खुलेको थियो भने ११६१ दशमलव ९१ को उच्च विन्दु सम्म पुगेको थियो।
आज २८ करोड ८० लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।
आजको बजारको अवस्था
आज सर्वाधिक कारोवार हुने
आज सबै भन्दा धेरै नेपाल लाईफ इन्योरेन्सको शेयर किनबेच भएको छ। नेपाल लाईफ इन्योरेन्सको १ करोड ८२ लाख बराबरको शेयर किन बेच भएको छ।
आज सर्वाधिक कमाउने र गुमाउने
आज रिलायन्स फाइनान्सका शेयरधनीले सर्वाधिक ३ दशमलव ५१ प्रतिशतले कमाए भने गणपति माईक्रोफाईनान्सका शेयरधनीले सर्वाधिक ८ दशमलव ३८ प्रतिशतले गुमाए।
शेयर मूल्य समायोजन
आज एनआईसी एसिया बैंक र कुमारी बैंकको बोनश शेयर प्रयोजनार्थ दोश्रो बजारमा शेयर मूल्य समायोजन भएको छ।
प्राविधिक बिश्लेषण
अघिल्लो कारोबार दिनको विश्लेषणको निश्कर्ष अनुसार यदि बजार ११५५ भन्दा तल स्थिर रहेमा बजार अझ केहि सच्चिन सक्ने संकेत गर्दछ भनिएको थियो। आज बजार त्यहि अनुरुप, यो टेवा क्षेत्रलाई तोडेर बजार ११४० दशमलब ०१ अंकमा बन्द भएको छ।
चित्र नं १ : दैनिक मैनबत्ती प्रवृत्ति
चित्र नं १, नेप्सेको दैनिक मैनबत्ती प्रवृत्ति अनुसार बजार घट्दो प्रवृत्तिमा रहेको छ। आजको मैनबत्तीले मारुबोजु आकृति बनाएको छ। यसले अर्को कारोबार दिन पनि बजार सच्चिन सक्ने संकेत गर्दछ। आजको परिमाणले बजारमा विक्रेता हावी रहेको संकेत गरेको छ।
चित्र नं.२ : ५ मिनेट मैनबत्ती प्रवृत्ति
चित्र नं.२, विगत दुई कारोबार दिनदेखि बजारको उतारचढाब कस्तो रह्यो भनि हेर्नलाई ५ मिनेट समयावधिको मैनबत्तीलाई प्रयोग गरिएको छ। समग्रमा हेर्दा बजार अझै घट्दो प्रवृत्तिमा रहेको देखिन्छ।
२१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरु एकआपसदेखि फराकिलो हुँदै गएकोले बजारमा आज पनि विक्रेताको चाप रहेको संकेत गरेको छ। कारोबारको अन्तिम समयमा रिलेटिभ स्टे«न्थ इन्डेक्स (आरएसआई) ५ दशमलब ३५ अंक देखि २३ दशमलब ३९ अकंमा आएको छ। यसको प्रवृत्तिले बुलिस डाइभर्जेन्स बनाएको छ। यसले बजार केहि सकारात्मक हुन सक्ने संकेत गर्दछ। स्टोकास्टिक अक्सिलेटरले शेयर बढी विक्री भएको तर बजार सकारात्मक भई हाल्ने संकेत गरेको देखिन्दैन।
निश्कर्ष
माथि उल्लेखित छोटो समयावधिको नेप्से प्रवृत्ति र सूचकहरुले मिश्रित संकेत गरे पनि यदि नेप्से ११४५ भन्दा माथि स्थिर रहेमा बजार केहि सकारात्मक हुन सक्ने संकेत गर्दछ । अर्को सामान्य तत्कालिन प्रतिरोध ११५६ मा रहेको देखिन्छ। हाल बजारको सामान्य टेवा क्षेत्र ११३० मा रहेको देखिन्छ।