Kathmandu Press

नेष्डो समृद्ध लघुवित्तले आईपीओ निष्कासन गर्ने, प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

काठमाडौं, माघ १५ : नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ। प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ८ करोड २८ लाख ७५...
नेष्डो समृद्ध लघुवित्तले आईपीओ निष्कासन गर्ने, प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

काठमाडौं, माघ १५ : नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ। 

प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ८ करोड २८ लाख ७५ रुपैयाँ बराबरको ८ लाख २८ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गर्न लागिएको कम्पनीले जनाएको छ। 

कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ। इक्रा नेपालले आईपीओ कम्पनीको आईपीओलाई  ‘इक्रा एनपी (आईआर) बीबी प्लस’ रेटिङ प्रदान गरेको छ। 

उक्त रेटिङले कम्पनीले समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेको देखाउँछ। 

प्रकाशित मिति: १८:१७ बजे, शनिबार, माघ १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्