Kathmandu Press

राष्ट्र उत्थान लघुवित्तको आइपिओका लागि प्रबन्धकमा एनआइबिएल एस क्यापिटल

काठमाडौं, माघ १५ : राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आइपिओ निष्कासन गर्ने भएको छ।कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ करोड ५० लाख...
राष्ट्र उत्थान लघुवित्तको आइपिओका लागि प्रबन्धकमा एनआइबिएल एस क्यापिटल

काठमाडौं, माघ १५ : राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आइपिओ निष्कासन गर्ने भएको छ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ करोड ५० लाख रूपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आइपिओ निष्कासन गर्ने भएको हो। 

कम्पनीले आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।

रेटिङ एजेन्सी इक्रा नेपालले यो कम्पनीको रेटिङ ‘इक्रा एनपी आईआर बीबी’ रेटिङ प्रदान गरेको छ। यस रेटिङले वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्छ।

प्रकाशित मिति: १६:१६ बजे, शनिबार, माघ १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्