नेसनल लाइफ इन्योरेन्सले २० प्रतिशत लाभांश दिने

काठमाडौं, माघ १३ : नेसनल लाइफ इन्सुरेन्स कम्पनीले बोनस सेयर र नगद गरी २० प्रतिशत लाभांश दिने घोषणा गरेको छ।
कम्पनीको बुधबार बसेको सञ्चाल समतिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई१९ प्रतिशत बोनस सेयर र कर तिर्ने प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो।
नियामक बिमा समिति र कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र उक्त लाभांश वितरण हुनेछ।
प्रकाशित मिति: १२:३८ बजे, बिहीबार, माघ १३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार