Kathmandu Press

महोत्तरीमा ‘नो खोप कार्ड नो सर्भिस, ‘नो मास्क नो इन्ट्री’

जलेश्वर, माघ ११ : जिल्ला प्रशासन कार्यालय महोत्तरीले ‘नो खोप कार्ड नो सर्भिस’ व्यवस्था लागू गरेको छ ।  कोरोना नियन्त्रण गर्न प्रशासनले यस्तो प्राबधान...
महोत्तरीमा ‘नो खोप कार्ड नो सर्भिस, ‘नो मास्क नो इन्ट्री’
Hardik ivf

जलेश्वर, माघ ११ : जिल्ला प्रशासन कार्यालय महोत्तरीले ‘नो खोप कार्ड नो सर्भिस’ व्यवस्था लागू गरेको छ ।  

कोरोना नियन्त्रण गर्न प्रशासनले यस्तो प्राबधान कार्यान्वयनमा ल्याएको हो । सोही क्रममा जिल्लाको प्रत्येक कार्यालयमा ‘नो मास्क नो इन्ट्री’ कार्यक्रम लागू गरिएको छ भने जिप्रकामा ‘नो खोप कार्ड नो सर्भिस’ प्राबधान लागू गरिएको सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिए।
    
प्रशासनले खोप नलिएकालाई सेवा नदिने र  सेवाग्राहीलाई प्रशासन कार्यालयबाट नै  तत्काल खोप लगाउने व्यवस्था मिलाएको उनले बताए।  अहिले जिल्ला प्रशासन कार्यालयमा आउने प्रत्येक सेवाग्राहीलाई मुख्यद्वारमै खटिएका स्वास्थ्यकर्मीले  खोप कार्ड रहे÷नरहेको सोधीखोजी गर्छन् भने भएकालाई सेवा दिने र नभएकालाई त्यही प्राङ्गणमा रहेका स्वास्थ्यकर्मीद्वारा तत्काल खोप लगाएर मात्रै सेवा दिने गर्दछन् । 

यसअघि मास्क, स्यानिटाइजर र भौतिक दूरी कायम गरी सेवा प्रदान गर्दै आएको प्रशासनले  कार्यालयमै खोपको व्यवस्था गरी सेवा प्रदान गर्न थालेको हो।  

प्रकाशित मिति: १६:२८ बजे, मंगलबार, माघ ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्