Kathmandu Press

आशा लघुवित्तको ६,६७,८२८ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

आशा लघुवित्तको ६,६७,८२८ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडौं, माघ ६ : आशा लघुवित्तको ६ लाख ६७ हजार ८२८ कित्ता बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ।

लघुवित्तको सो परिमाणको बोनस सेयर आज (बिहीबार) नेप्सेमा सूचीकृत भएको हो। लघुवित्तले कात्तिक २७ गते सम्पन्न साधारण सभाले २५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको थियो।

कम्पनीले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट बोनस सेयर वितरण गरेको हो।
 

प्रकाशित मिति: १७:२२ बजे, बिहीबार, माघ ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्