मकर सङ्क्रान्ति पर्वले सबै नेपालीमा एकता र सद्भाव कायम गर्न सकोस् : मुख्यमन्त्री राउत
जनकपुर, माघ १ : प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले मकर सङ्क्रान्ति तथा माघी पर्वले सबै नेपालीमा बन्धुत्व, एकता, सद्भाव र सहिष्णुता कायम...
जनकपुर, माघ १ : प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले मकर सङ्क्रान्ति तथा माघी पर्वले सबै नेपालीमा बन्धुत्व, एकता, सद्भाव र सहिष्णुता कायम गर्न सकोस् भन्ने शुभकामना दिएका छन्।
मकर सङ्क्रान्ति तथा माघी पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले विविधता परिपूर्ण सिङ्गो नेपाली संस्कृतिभित्र महत्वपूर्ण रहेको यस पर्वले सबै नेपालीमा उत्साह एवं उमङ्ग थप्दै बन्धुत्व, एकता, सद्भाव र सहिष्णुता कायम गर्न सकोस् भन्ने कामना गरेका छन्।
सन्देशमा मुख्यमन्त्री राउतले भनेका छन्, ‘जातीय तथा धार्मिक–सांस्कृतिक विविधताले सम्पन्न मुलुकमा मकर सङ्क्रान्ति पर्वलाई विभिन्न समुदायले आफ्नो मुख्य पर्वका रुपमा हर्सोल्लासपूर्वक मनाउने हुँदा यस्ता पर्व र संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्न प्रदेश सरकार प्रतिबद्ध छ।’
प्रकाशित मिति: १४:३० बजे, शनिबार, माघ १, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![सुनसरी घटनाको निष्पक्ष छानबिनको माग गर्दै माइतीघरमा प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1785228050.jpg)

