Kathmandu Press

आज पनि शेयर बजार घट्ने निरन्तरतामै 

काठमाडौं, भदौ २२ : साताको पहिलो कारोवार दिन आइतबार नेप्से परिसूचक १२ दशमलव ६१ अंकले घटेर ११७८ दशमलव ४६ को विन्दुमा पुगेको छ। 

दोश्रो बज....

आज पनि शेयर बजार घट्ने निरन्तरतामै 

काठमाडौं, भदौ २२ : साताको पहिलो कारोवार दिन आइतबार नेप्से परिसूचक १२ दशमलव ६१ अंकले घटेर ११७८ दशमलव ४६ को विन्दुमा पुगेको छ। 

दोश्रो बजार परिसूचकमा १ दशमलव ०६ प्रतिशतकोे गिरावट देखिएको छ। दोश्रो बजार ११९२ दशमलव ०७  को विन्दुमा खुलेको थियो भने ११९२ दशमलव ३३ को उच्च विन्दुसम्म पुगेको थियो। 

आज बजारको न्यून विन्दु ११७६ दशमलव ३१ थियो। आज ३० करोड ५३ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। 

Hardik ivf

आजको बजारको अवस्था

आज सर्वाधिक कारोवार हुने 

आज सबै भन्दा धेरै प्रभु बैंकको संस्थापक शेयर किनबेच भएको छ। प्रभु बैंकको ५ करोड २४ लाख बराबरको संस्थापक शेयर किन बेच भएको छ। 


आज सर्वाधिक कमाउने र गुमाउने 

आज आँधिखोला लघुवित्तका शेयरधनीले सर्वाधिक ९ दशमलव ९० प्रतिशतले कमाए भने पाँचथर पावर कम्पनीका शेयरधनीले सर्वाधिक ८ दशमलव ४९ प्रतिशतले गुमाए। 

प्राविधिक बिश्लेषण 

अघिल्लो कारोबार दिन अघिको विश्लेषणको निश्कर्ष अनुुसार यदि बजार ११९० भन्दा तल रहेमा बजार केहि सच्चिन सक्ने संकेत गर्दछ र अर्को तत्कालिन सामान्य टेवा ११८३ मा रहेको देखिन्छ भनिएको थियो। आज बजार ११९० पछि घट्दो प्रवृत्तिमा रहेको र ११८३ को टेवालाई पनि निश्चित रुपमा तोढेर बजार ११७८ दशमलब ४६ अंकमा बन्द भएको छ। 

चित्र नं १ : दैनिक मैनबत्ती प्रवृत्ति

चित्र नं १, नेप्सेको दैनिक मैनबत्ती प्रवृत्ति अनुसार बजारले आज माथिल्लो प्रवृत्ति रेखालाई तोढ्न असफल रह्यो। आजको मैनबत्तीले बियरिस मारुबोजु आकृति बनाएको छ। यसले आज बजारमा विक्रेताको चाप रहेको संकेत गर्नुका साथै अर्को कारोबार दिन पनि विक्रेताको चाप हुन सक्ने संकेत गर्दछ। आजको परिमाणले बजारमा विक्रेता हावी रहेको संकेत गरेको छ। 

चित्र नं.२ : ५ मिनेट मैनबत्ती प्रवृत्तिब

चित्र नं.२, विगत दुई दिनदेखि बजारको उतारचढाब कस्तो रह्यो भनि हेर्नलाई ५ मिनेट समयावधिको मैनबत्तीलाई प्रयोग गरिएको छ। बजार हिजो र आज घट्दो प्रवृत्तिमा रहेको छ। 

२१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरुले बजार घट्दो प्रवृत्तिमा भएको संकेत गरेको छ। आज रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ३९ दशमलब ५२ अंकमा रहेको छ। आरएसआईको प्रवृत्ति र स्टोकास्टिक अक्सिलेटरले कारोबारको अन्तिम समयमा क्रेताको चाप रहेको संकेत गरेको छ। 

निश्कर्ष  

माथि उल्लेखित छोटो समयावधिको नेप्से प्रवृत्ति र सूचकहरुले मिश्रित संकेत गरेको छ। बजारको छोटो समयावधिलाई समग्रमा हेर्दा यदि बजार ११८० भन्दा माथि स्थिर रहेमा बजार केहि सकारात्मक हुन सक्ने संकेत गर्दछ । अर्को तत्कालिन प्रतिरोध ११८९ मा रहेको देखिन्छ। हाल बजारको तत्कालिन टेवा ११७५ मा रहेको देखिन्छ।  
 

प्रकाशित मिति: १८:२३ बजे, आइतबार, भदौ २२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्