Kathmandu Press

एचआइडिसिएलले ८ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित

काठमाडौं, पुस २४ : हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्मेटन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसिएल) ले प्रस्तावित ८ प्रतिशत बोनस सेयर पारित गरेको छ।हालै सम्पन्न दसौं वार्षिक साधारणसभाले...
एचआइडिसिएलले ८ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित

काठमाडौं, पुस २४ : हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्मेटन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसिएल) ले प्रस्तावित ८ प्रतिशत बोनस सेयर पारित गरेको छ।

हालै सम्पन्न दसौं वार्षिक साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम आफ्ना सेयरधनीहरुलाई चुक्ता पुँजीको ८ प्रतिशतका दरले हुने रु. एक अर्ब ४९ करोड ६० लाख बराबरको बोनस सेयर र चुक्ता पुँजीको ०.४२१ प्रतिशतका दरले हुने रू. ७ करोड ८७ लाख ३६ हजार ८४२ नगद लाभांश (करसहित) नेपाल सरकारको स्वीकृति लिएर वितरण गर्ने प्रस्ताव पारित गरेको छ। 

Hardik ivf

कम्पनीको सञ्चालक समितिका अध्यक्ष एवं ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव देवेन्द्र कार्कीको अध्यक्षतामा सम्पन्न साधारणसभाले कम्पनीको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०७८ असार मसान्तसम्मको वासलात, आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणसहितका वित्तीय विवरणहरु पारित गरेको छ।

साधारणसभाबाट सर्वसाधारण समूहका सेयरधनीहरुबाट प्रतिनिधित्व गर्ने एकजना सञ्चालकमा सुधीर ज्ञवाली निर्वाचित भएको कम्पनीले जनाएको छ।

प्रकाशित मिति: १४:३० बजे, शनिबार, पुस २४, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्