१२.५० प्रतिशत बोनस सेयर दिने एनएमबीको प्रस्ताव पारित

काठमाडौं, पुस २३ : एनएमबी बैंकको वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५० प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ।
आव २०७७ ७८ को नाफाबाट १२.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ३.३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव साधारण सभाले पारित गरेको हो।
स्वीकृत बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी १८ अर्ब ३६ करोड पुग्नेछ।
प्रकाशित मिति: १५:४८ बजे, शुक्रबार, पुस २३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार