लय समात्दै शेयर बजार
काठमाडौं, भदौ १८ : नेप्से परिसूचक ३ दशमलव ८७ अंकले बढेर बुधबार ११९४ दशमलव ७७ को विन्दुमा पुगेको छ।
११९२ दशमलव २२ को विन्दुमा खुले....
काठमाडौं, भदौ १८ : नेप्से परिसूचक ३ दशमलव ८७ अंकले बढेर बुधबार ११९४ दशमलव ७७ को विन्दुमा पुगेको छ।
११९२ दशमलव २२ को विन्दुमा खुलेको दोस्रो बजार ११९८ दशमलव ५४ को उच्च विन्दुसम्म पुगेको थियो। बजारको न्यून विन्दु भने ११८३ दशमलव १९ थियो।
दोस्रो बजार परिसूचकमा ० दशमलव ३२ प्रतिशतकोे वृद्धि देखिएको छ भने दिनभरमा ४३ करोड ६४ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।
आजको बजारको अवस्था
आज सर्वाधिक कारोबार हुने
आज सबैभन्दा धेरै माछापुच्छ्रे बैंकको शेयर किनबेच भएको छ। माछापुच्छ्रे बैंकको ९ करोड ३० लाख बराबरको शेयर किनबेच भएको छ।
आज सर्वाधिक कमाउने र गुमाउने
आज पाँचथर पावर कम्पनीका शेयरधनीले सर्वाधिक ९ दशमलव २८ प्रतिशतले कमाए भने एचआईडीसीएलका शेयरधनीले सर्वाधिक ३ दशमलव ४२ प्रतिशतले गुमाए।
प्राविधिक विश्लेषण
अघिल्लो कारोबार दिनअघिको विश्लेषणको निष्कर्ष अनुसार बजार केही सकारात्मक हुन सक्ने संकेत गरेको र समग्रमा हेर्दा यदि बजार ११९० भन्दा माथि स्थिर रहेमा बजार अझ सकारात्मक हुने संकेत गरेको र अर्को तत्कालीन प्रतिरोध १२०० मा रहेको भनिएको थियो। आज कारोबारको अन्तिम समयतिर बजार ११९८ दशमलव ५४ अंकसम्म पुगेर केही सच्चिएको छ।
चित्र नं १ : दैनिक मैनबत्ती प्रवृत्ति
चित्र नं १, नेप्सेको दैनिक मैनबत्ती प्रवृत्ति अनुसार बजार हालसम्म घट्दो प्रवृत्तिमा रहे पनि चित्रमा देखाए बमोजिम बजार अहिले माथिल्लो प्रवृत्ति रेखाको प्रतिरोध क्षेत्रमा रहेको छ। आजको मैनबत्तीले बजारमा माग र आपूर्ति लगभग बराबर अवस्थामा रहेको संकेत गरेको छ। आजको परिमाण सामान्य रहेको छ।
चित्र नं.२ : पाँच मिनेट मैनबत्ती प्रवृत्ति
चित्र नं.२, विगत दुई दिनदेखि बजारको उतारचढाव कस्तो रह्यो भनेर हेर्नलाई पाँच मिनेट समयावधिको मैनबत्तीलाई प्रयोग गरिएको छ। दुई दिनदेखि बजार बढ्दो प्रवृत्तिमा रहेको र हाल १२०० को प्रतिरोध क्षेत्रमा रहेको देखिन्छ।
हिजोको कारोबारमा २१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरुले गोल्डन क्रस बनाएवापत हालसम्म बजारमा क्रेताको चाप रहेको र बढ्दो प्रवृत्तिमा रहेको संकेत गरेको छ। आज रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ५४ दशमलव ०४ अंकमा रहेको छ।
आरएसआईको प्रवृत्तिले कारोबारको अन्तिम समयतिर क्रेताको चाप कम हुँदै गएको संकेत गरेको छ। स्टोकास्टिक अक्सिलेटरले अर्को कारोबार दिनको पहिलो समयमा बजार केही सच्चिन सक्ने संकेत गरेको छ।
निष्कर्ष : माथि उल्लेखित छोटो समयावधिको नेप्से प्रवृत्ति र सूचकहरुका आधारमा यदि बजार १२०० भन्दा माथि स्थिर रहेमा बजार अझ सकारात्मक हुने संकेत गर्दछ र केही समयका लागि बजारको प्रवृत्तिमा परिवर्तन हुन सक्ने प्रवल संकेत गर्दछ। त्यस्तै, यदि बजार ११९० भन्दा तल रहेमा बजार केही सच्चिन सक्ने संकेत गर्दछ र अर्को तत्कालीन सामान्य टेवा ११८३ मा रहेको देखिन्छ।