आगलागीबाट दश लाखको क्षति
राजविराज, पुस १५ : सप्तरीको तिरहुत गाउँपालिका–३ मा आज भएको आगलागीबाट रु दश लाखभन्दा बढीको क्षति भएको छ । स्थानीयवासी हेमनारायण साफीको घर र...
राजविराज, पुस १५ : सप्तरीको तिरहुत गाउँपालिका–३ मा आज भएको आगलागीबाट रु दश लाखभन्दा बढीको क्षति भएको छ ।
स्थानीयवासी हेमनारायण साफीको घर र किराना पसल तथा मेडिकल ल्याब रहेको अर्को घरमा विद्युत् सर्ट भएर आगलागी हुँदा सो क्षति भएको हो।
आगलागीबाट औषधि, दुई गोरु, पाँच बाख्रा, ल्यापटप, साइकल, अन्न, लत्ताकपडालगायतका सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। स्थानीयवासी र प्रहरीले आगो निभाएका थिए।
प्रकाशित मिति: १६:१५ बजे, बिहीबार, पुस १५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![सुनसरी घटनाको निष्पक्ष छानबिनको माग गर्दै माइतीघरमा प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1785228050.jpg)

