Kathmandu Press

दोस्रो बजारमा निरन्तर गिरावट, अब के होला?

काठमाडौं, भदौ १६ : साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक १४ दशमलव ४५ ले घटेर ११७० दशमलव ३४ को विन्दुमा पुगेको छ।

दोस्रो बजार ....

दोस्रो बजारमा निरन्तर गिरावट, अब के होला?

काठमाडौं, भदौ १६ : साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक १४ दशमलव ४५ ले घटेर ११७० दशमलव ३४ को विन्दुमा पुगेको छ।

दोस्रो बजार परिसूचकमा १ दशमलव २२ प्रतिशतकोे गिरावट देखिएको छ। दोस्रो बजार ११८४ दशमलव ७९ को विन्दुमा खुलेको थियो भने ११९० दशमलव ९२ को उच्च विन्दुसम्म पुगेको थियो। न्यून विन्दु भने ११६७ दशमलव ७९ मा रहेको थियो।

सोमबार ४० करोड ७५ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। 

Hardik ivf

आजको बजारको अवस्था  

आज सर्वाधिक कारोबार हुने 
आज सबैभन्दा धेरै नेपाल बैंकको शेयर किनबेच भएको छ। नेपाल बैंकको २ करोड ५६ लाख बराबरको शेयर किनबेच भएको छ। 


आज सर्वाधिक कमाउने र गुमाउने 
आज दिव्यश्वरी हाइड्रोपावरका शेयरधनीले सर्वाधिक ५ दशमलव ४५ प्रतिशतले कमाए भने ग्रामिण विकास लघुवित्तका शेयरधनीले सर्वाधिक ७ दशमलव ९७ प्रतिशतले गुमाए। 


प्राविधिक विश्लेषण 
चित्र नं १: दैनिक मैनबत्ती प्रवृत्ति

चित्र नं १, नेप्सेको दैनिक मैनबत्ती प्रवृत्ति अनुसार बजार हालसम्म घट्दो प्रवृत्तिमा रहेको देखिन्छ। आज वियरिस मैनबत्ती आकृति बनाएको छ, यसले अर्को कारोबार दिन पनि बजार केही सच्चिन सक्ने संकेत गर्दछ। आजको परिमाणले बजारमा विक्रेता हाबी रहेको र आजको मैनबत्तीलाई समर्थन गरेको देखिन्छ। 

चित्र नं.२ : पाँच मिनेट मैनबत्ती प्रवृत्ति

चित्र नं.२, विगत दुई दिनदेखि बजारको उतारचढाव कस्तो रह्यो भनेर हेर्नलाई पाँच मिनेट समयावधिको मैनबत्तीलाई प्रयोग गरिएको छ। दुई दिनदेखि बजार घट्दो प्रवृत्तिमा रहेको देखिन्छ। आजको कारोबारमा २१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए) ले आज पनि बजारमा विक्रेता हाबी रहेको संकेत गरेको छ।

आज रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ३२ दशमलव ९९ अंकमा रहेको छ। आरएसआईको प्रवृत्ति र स्टोकास्टिक अक्सिलेटरले कारोबारको अन्तिम समयमा क्रेताको चाप केही मात्रामा रहेको संकेत गरेको छ। यसले अर्को कारोबार दिनको पहिलो समयमा बजार केही सकारात्मक हुन सक्ने संकेत गरेको छ। 

निष्कर्ष : माथि उल्लेखित छोटो समयावधिका नेप्से प्रवृत्ति र सूचकले बजार घट्दो प्रवृत्तिमा रहेको देखिन्छ। समग्रमा हेर्दा यदि बजार ११९० भन्दा माथि स्थिर रहेमा बजार केही सकारात्मक हुने संकेत गर्दछ र अर्को तत्कालीन प्रतिरोध १२०० मा रहेको देखिन्छ। त्यस्तै, बजारको तत्कालीन टेवा ११३० देखि ११६० को क्षेत्रमा रहेको देखिन्छ।  
 

प्रकाशित मिति: १७:५८ बजे, सोमबार, भदौ १६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्