एलआइसी नेपालले २१ प्रतिशत लाभांश दिने
काठमाडौं, पुस ९ : एलआइसी नेपालले २१ प्रतिशत लाभांश दिने भएको छ।कम्पनीको आज (शुक्रबार) बसेको सञ्चालक समितिको बैठकले आव २०७६÷७७ मा आर्जित मुनाफाबाट...
काठमाडौं, पुस ९ : एलआइसी नेपालले २१ प्रतिशत लाभांश दिने भएको छ।
कम्पनीको आज (शुक्रबार) बसेको सञ्चालक समितिको बैठकले आव २०७६÷७७ मा आर्जित मुनाफाबाट २१.०५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
उक्त लाभांशमध्ये २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५ नगद लाभांश दिने निर्णय बैठकले गरेको हो।
उक्त लाभांश बीमा समितिबाट स्वीकृत भएपछि तथा कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि वितरण गरिनेछ।
प्रकाशित मिति: १२:३२ बजे, शुक्रबार, पुस ९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार