Kathmandu Press

आइपिओ निष्कासन गर्ने तयारीमा सिर्जनशील लघुवित्त

काठमाडौं, पुस ८ : सिर्जनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ लाख ३७ हजार २५ कित्ता आइपिओ निष्कासन गर्ने तयारी थालेको छ। कम्पनीले ३ करोड...
आइपिओ निष्कासन गर्ने तयारीमा सिर्जनशील लघुवित्त

काठमाडौं, पुस ८ : सिर्जनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ लाख ३७ हजार २५ कित्ता आइपिओ निष्कासन गर्ने तयारी थालेको छ। 

कम्पनीले ३ करोड ३७ लाख २ हजार ५ सय रुपैयाँ बराबरको साधारण सेयर निष्कासन गर्न लागेको हो। निकट भविष्यमै आइपिओ निष्कासन गरिने कम्पनीले जनाएको छ। 

यसका लागि सनराइज क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको कम्पनीले जनाएको छ।

उक्त कार्यका लागि लघुवित्त वित्तीय संस्थाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बटुक शमशेर श्रेष्ठ तथा सनराईज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर भएको छ।  

नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजत प्राप्त सिर्जनशील लघुवित्तको रजिष्ट्रर्ड कार्यालय सिरहाको गोलबजार ७ चोरहवा रहेको छ।

प्रकाशित मिति: १८:०८ बजे, बिहीबार, पुस ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्