Kathmandu Press

मध्य भोटेकोसीको आइपिओ नेप्सेमा सूचीकृत

मध्य भोटेकोसीको आइपिओ नेप्सेमा सूचीकृत

काठमाडौं, पुस ८ : मध्य भोटेकोसी जलविद्युत कम्पनीको आइपिओ नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सूचीकृत भएको छ।

६ करोड कित्ता सेयर वितरण भएकाेमा जलविद्युतको सिम्बोलसहित धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमाेजिम पुस ७ गतेको निर्णयानुसार नेप्सेमा आज (बिहीबार) सूचीकृत भएको हो। 

Hardik ivf

मध्य भोटेकोसीले सर्वसाधारणका लागि ९० लाख कित्ता, आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ६० लाख कित्ता, कर्मचारी सञ्चयकोषमा रकम जम्मा गर्ने सञ्चयकर्ता कर्मचारीमा १ करोड १७ लाख कित्ता, ऋणदाता संस्थाका कर्मचारीमा ६ लाख कित्ता, संस्थापक शेयरधनी संस्थाका कर्मचारीमा २१ लाख कित्ता र कम्पनीका संस्थापकहरुले लगानी गरेको ३ करोड ६ लाख कित्ता सेयरसमेत गरी कुल ६ करोड कित्ता सेयर वितरण गरेको थियो। 

सूचीकृत सेयरको करोबार पुस ११ गतेबाट गरिने जनाइएको छ। पहिलो करोबारको रेन्ज ९४.३९ देखि २८३.१७ रहेको छ।

प्रकाशित मिति: १४:३३ बजे, बिहीबार, पुस ८, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्