Kathmandu Press

मध्य भोटेकोसीको आइपिओ नेप्सेमा सूचीकृत

मध्य भोटेकोसीको आइपिओ नेप्सेमा सूचीकृत

काठमाडौं, पुस ८ : मध्य भोटेकोसी जलविद्युत कम्पनीको आइपिओ नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सूचीकृत भएको छ।

६ करोड कित्ता सेयर वितरण भएकाेमा जलविद्युतको सिम्बोलसहित धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमाेजिम पुस ७ गतेको निर्णयानुसार नेप्सेमा आज (बिहीबार) सूचीकृत भएको हो। 

मध्य भोटेकोसीले सर्वसाधारणका लागि ९० लाख कित्ता, आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ६० लाख कित्ता, कर्मचारी सञ्चयकोषमा रकम जम्मा गर्ने सञ्चयकर्ता कर्मचारीमा १ करोड १७ लाख कित्ता, ऋणदाता संस्थाका कर्मचारीमा ६ लाख कित्ता, संस्थापक शेयरधनी संस्थाका कर्मचारीमा २१ लाख कित्ता र कम्पनीका संस्थापकहरुले लगानी गरेको ३ करोड ६ लाख कित्ता सेयरसमेत गरी कुल ६ करोड कित्ता सेयर वितरण गरेको थियो। 

सूचीकृत सेयरको करोबार पुस ११ गतेबाट गरिने जनाइएको छ। पहिलो करोबारको रेन्ज ९४.३९ देखि २८३.१७ रहेको छ।

प्रकाशित मिति: १४:३३ बजे, बिहीबार, पुस ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्