यो साता पनि शेयर बजारमा विक्रेता हाबी
काठमाडाैं, भदाै १४ : यो साता नेप्से परिसूचक १२१३ दशमलव ०६ विन्दुमा खुलेको थियो भने १२१३ दशमलव ४० को ‘इन्ट्राडे’ उच्च विन्दु बनाएको थि....
काठमाडाैं, भदाै १४ : यो साता नेप्से परिसूचक १२१३ दशमलव ०६ विन्दुमा खुलेको थियो भने १२१३ दशमलव ४० को ‘इन्ट्राडे’ उच्च विन्दु बनाएको थियोे।
यस्तै, ‘इन्ट्राडे’ न्यून विन्दु ११९४ दशमलव ०६ रहँदा बजार ११९६ दशमलव ४१ विन्दुमा बन्द भएको थियो। यो अघिल्लो साताभन्दा १६ दशमलव ६६ अंक अर्थात १ दशमलव ३७ प्रतिशतको गिरावट हो।
यो साता पाँच कारोबार दिनमा १ अर्ब ६२ करोड ४८ लाख बराबर रकमको शेयर कारोबार भएको छ। यो अघिल्लो साताभन्दा ५ दशमलव १ प्रतिशतको वृद्धि हो।
प्राविधिक विश्लेषण
चित्र नं १ : साप्ताहिक मैनबत्ती प्रवृत्ति
विगत ८ महिनादेखि बजारको उतारचढाव कस्तो रह्यो भनेर हेर्नलाई चित्र नं. १ मा नेप्सेको साप्ताहिक मैनबत्तीहरुलाई प्रयोग गरिएको छ। गत ९ सातादेखि बजार घट्दो प्रवृत्तिमा रहेको छ। यो साताको मैनबत्तीले पनि बजारमा हालसम्म विक्रेता हाबी रहेको संकेत गरेको छ। बजार हाल टेवा क्षेत्रमा रहेको देखिन्छ।
चित्र नं.२ : दैनिक मैनबत्ती प्रवृत्ति
चित्र नं.२, गत सात महिनादेखि बजार कस्तो रह्यो भनेर हेर्नलाई दैनिक मैनबत्तीहरुलाई प्रयोग गरिएको छ। पाँच कारोबार दिन अर्थात यो साता बजार घट्दो प्रवृत्तिमा रहेको देखिन्छ। यो साता २१ र ५० दिनको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरु एकापसदेखि फराकिलो हुँदै गएकाले बजारमा हालसम्म विक्रेताको चाप रहेको संकेत गरेको छ।
रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) २६ दशमलव ४२ अंकमा रहेको छ। आरएसआईको प्रवृत्ति र स्टोकास्टिक अक्सिलेटरले बजारमा शेयर बढी विक्री भएको संकेत गरे पनि बजार बढी हाल्ने संकेत गरेको देखिँदैन। परिमाण भने सामान्य रहेको छ।
निष्कर्ष : हालसम्म नेप्सेको प्रवृत्ति र सूचकका आधारमा बजार टेवा क्षेत्रमा रहे पनि बजार सकारात्मक भई हाल्ने संकेत भने देखिँदैन। त्यसैले हाल पर्ख र हेरको रणनीति अपनाउन उपयुक्त देखिन्छ। समग्रमा बजार हेर्दा यदि बजार १२१५ भन्दा माथि स्थिर रहेमा बजार सकारात्मक हुन सक्ने र चित्र नं. १ मा देखिए बमोजिम च्यानलको तल्लो प्रवृत्ति रेखा टेवाको रुपमा देखिएको छ।