Kathmandu Press

१०० हकप्रद सेयर वितरणकाे प्रस्ताव पारित गर्न पुस २९ गते वरुण हाइड्रोपावरकाे साधारण सभा

काठमाडौं, पुस ७ : वरुण हाइड्रोपावरले १०० हकप्रद निष्कासन गर्ने प्रस्ताव गर्नेगरी पुस २९ गतेका लागि वार्षिक साधारण सभा बोलाएको छ।साधारण सभा कम्पनीको रजिस्टर्ड...
१०० हकप्रद सेयर वितरणकाे प्रस्ताव पारित गर्न पुस २९ गते वरुण हाइड्रोपावरकाे साधारण सभा

काठमाडौं, पुस ७ : वरुण हाइड्रोपावरले १०० हकप्रद निष्कासन गर्ने प्रस्ताव गर्नेगरी पुस २९ गतेका लागि वार्षिक साधारण सभा बोलाएको छ।

साधारण सभा कम्पनीको रजिस्टर्ड कार्यालय अनामनगर काठमाडौंमा बिहान १० बजेबाट सुरु हुने बताइएको छ। हकप्रद निष्कासनका लागि बरुणले आरबिबी मर्चेन्ट बैंकिङलाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ। 

साधारण सभाको प्रयोजनार्थ कम्पनीले पुस १६ गते बुक क्लोज गर्ने जनाइएको छ। त्यसकारण पुस १५ गतेसम्म कायम लगानीकर्ता मात्र सभामा भाग लिन सक्नेछन्।

सभामा आर्थिक वर्ष २०७७–७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ। आर्थिक वर्ष २०७८–७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डामा पनि छलफल हुनेछ।

प्रकाशित मिति: १५:१९ बजे, बुधबार, पुस ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्