Kathmandu Press

रिलायन्स फाइनान्सले १५ प्रतिशत बोनस सेयर दिने

काठमाडौं, पुस ४ : रिलायन्स फाइनान्सले आफ्ना सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर दिने भएको छ।पुस २ गते बसेको सञ्चालक समितिको बैठकले कर प्रयोजनका लागि...
रिलायन्स फाइनान्सले १५ प्रतिशत बोनस सेयर दिने

काठमाडौं, पुस ४ : रिलायन्स फाइनान्सले आफ्ना सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर दिने भएको छ।

पुस २ गते बसेको सञ्चालक समितिको बैठकले कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश पनि प्रस्ताव गरेको छ।

Hardik ivf

फाइनान्सले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्ता पूँजी ९१ करोड ५६ लाख रुपैयाँको १५ प्रतिशतले हुन आउने १३ करोड ७३ लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.७९ प्रतिशतले हुन आउने ७२ लाख २८ हजार रुपैयाँ बराबरको नगद लाभांश प्रस्ताव गरेको हो।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपश्चात आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन्।

प्रकाशित मिति: १८:२४ बजे, आइतबार, पुस ४, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्