Kathmandu Press

आइपिओ जारी गर्ने तयारीमा नेपाल वेयर हाउस

काठमाडाैं, पुस ४ : नेपाल वेयर हाउस कम्पनीले साधारण सेयर (आइपिओ) बिक्री गर्ने भएको छ।कम्पनीको प्रबन्धपत्र संशोधन गने गरी अधिकृत पुँजी रु. ७० करोड...
आइपिओ जारी गर्ने तयारीमा नेपाल वेयर हाउस
Hardik ivf

काठमाडाैं, पुस ४ : नेपाल वेयर हाउस कम्पनीले साधारण सेयर (आइपिओ) बिक्री गर्ने भएको छ।

कम्पनीको प्रबन्धपत्र संशोधन गने गरी अधिकृत पुँजी रु. ७० करोड र जारी पुँजी रु. ६८ करोड ७५ लाख पुर्‍याउने प्रस्ताव सञ्चालक समितिले पारित गरेको छ।

हालै सम्पन्न कम्पनीको साधारणसभाले रु. १३ करोड ७५ लाख बराबरका साधारण सेयर निष्कासन गर्ने भएको छ। साधारण सेयर बिक्रीका लागि कम्पनीले सम्बन्धित नियामक निकायमा प्रस्ताव पेस गर्ने निर्णय गरेको छ।

कम्पनीका अध्यक्ष आनन्तकुमार बगडियाले कम्पनीलाई थप विस्तार गर्ने उद्देश्यका साथ साधारण सेयर बिक्री गर्ने प्रस्ताव गरिएको जानकारी दिए।

एभरेस्ट बैंकको सहवित्तीयकरणमा निर्माण भइरहेको कम्पनीको सुनसरी, पर्सा र कपिलवस्तु कार्यालयबाट कुल ५५ हजार मेट्रिकटन अन्न भण्डारण हुनेछ।

निम्बस ग्रप, शिखर इन्स्योरेन्स, एनएमबि बैंक, श्रीनगर एग्रो फार्म, टीएएनए इन्भेष्टमेन्ट कम्पनी, टिम भेञ्चर्सलगायतको लगानी रहेको यस कम्पनीमा थप केही व्यासायिक र वित्तीय संस्थाले रु. १५ करोड लगानी गरिसकेका छन्।

कम्पनीले अन्न भण्डारणका अतिरिक्त वेयर हाउस रिसिप्ट फाइनान्सिङ, अक्सन मार्केट सुविधा, बल्क टन्सपोटेसन र वन स्टप एग्री सोलुसनलगायतका सुविधा उपलब्ध गराउनेछ।

निर्माणाधीन तीन एकाइमध्ये सुनसरीको औरावानीस्थित कार्यालयबाट आगामी दुई महिनाभित्र व्यावसायिक काम सुरु हुने कम्पनीले जनाएको छ।

प्रकाशित मिति: १३:४८ बजे, आइतबार, पुस ४, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्