Kathmandu Press

वीरगंज महानगरभित्र कार्यरत १२५ शिक्षकको सरुवा

वीरगञ्ज, पुस ४ : वीरगञ्ज महानगरपालिकाले विभिन्न सामुदायिक विद्यालयमा एकैपटक १२५  शिक्षकको सरुवा र पदस्थापन गरेको छ । महानगरपालिका , शैक्षिक प्रशासन महाशाखाअनुसार महानगरपालिकाभित्र...
वीरगंज महानगरभित्र कार्यरत १२५ शिक्षकको सरुवा
Hardik ivf

वीरगञ्ज, पुस ४ : वीरगञ्ज महानगरपालिकाले विभिन्न सामुदायिक विद्यालयमा एकैपटक १२५  शिक्षकको सरुवा र पदस्थापन गरेको छ । महानगरपालिका , शैक्षिक प्रशासन महाशाखाअनुसार महानगरपालिकाभित्र सञ्चालित  विद्यालयमा कार्यरत शिक्षक र प्रधानाध्यापकको सरुवा तथा पदस्थापन गरिएको हो।

महानगरपालिकाअन्तर्गत कूल ३२  वडामा प्रावि, निमावि र मावि गरी ९९  सामुदायिक विद्यालयमा करिब ८०० शिक्षक कार्यरत छन्। 

विद्यालयका अभिभावक, विद्यार्थी र अगुवाको निवेदन र गुनासोमाथि मध्यनजर गर्दै विद्यालयलाई राम्रो पठनपाठनको थलो बनाउन यस्तो कदम चालिएको जनाइएको छ। 

प्रकाशित मिति: १०:११ बजे, आइतबार, पुस ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्