सेन्चुरी कमर्सियल बैंकले ५.७५ प्रतिशत बोनस दिने
काठमाडौं, पुस २ : सेन्चुरी कमर्सियल बैंकले आफ्ना सेयरधनीहरुलाई दिन ५.७५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.३०५ नगद लाभांश घोषणा गरेको छ।बैंक...
काठमाडौं, पुस २ : सेन्चुरी कमर्सियल बैंकले आफ्ना सेयरधनीहरुलाई दिन ५.७५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.३०५ नगद लाभांश घोषणा गरेको छ।
बैंक सञ्चालक समितिको आज (शुक्रबार) बसेको बैठकले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट उक्त लाभांश दिने प्रस्ताव गरेको हो। जसअनुसार सेन्चुरीले ५१ करोड ९४ लाख ७९ हजार ७९६ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ भने २ करोड ७३ लाख ४१ हजार ३६ रुपैयाँ नगद बाँड्नेछ।
प्रस्तावित बाेनस सेयर नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन्।
प्रकाशित मिति: १६:४२ बजे, शुक्रबार, पुस २, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार