Kathmandu Press

विजय लघुवित्तको साधारण सभा पुस २४ मा, पुस १२ देखि २४ सम्म बुक क्लोज 

काठमाडौं, पुस २ : विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको नवौं वार्षिक साधारण सभा पुस २४ गते हुने भएको छ। नवलपरासीको गैंडाकोट रिसोर्टमा बिहान साढे...
विजय लघुवित्तको साधारण सभा पुस २४ मा, पुस १२ देखि २४ सम्म बुक क्लोज 
Hardik ivf

काठमाडौं, पुस २ : विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको नवौं वार्षिक साधारण सभा पुस २४ गते हुने भएको छ। नवलपरासीको गैंडाकोट रिसोर्टमा बिहान साढे ११ बजे साधारण सभा सुरू हुनेछ। 

साधारण सभामा गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पुँजीको २१.०८५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ। जसमा २०.०३१ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५४ प्रतिशत नगद रहेको छ। 

त्यसैगरी, संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस १२ देखि २४ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ। त्यसैले, पुस११ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्। 

प्रकाशित मिति: १३:४१ बजे, शुक्रबार, पुस २, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्