Kathmandu Press

शेयर बजार मनोवैज्ञानिक टेवा क्षेत्रमा सीमित

काठमाडौं, भदौ १२ : साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक १ दशमलव ३३ ले घटेर ११९६ दशमलव ४१ को विन्दुमा पुगेको छ। 

११९७ द....

शेयर बजार मनोवैज्ञानिक टेवा क्षेत्रमा सीमित

काठमाडौं, भदौ १२ : साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक १ दशमलव ३३ ले घटेर ११९६ दशमलव ४१ को विन्दुमा पुगेको छ। 

११९७ दशमलव ७५ को विन्दुमा खुलेको दोस्रो बजार १२०१ दशमलव ३३ को उच्च विन्दुसम्म पुगेको थियो। दोस्रो बजार परिसूचकमा ० दशमलव ११ प्रतिशतकोे गिरावट देखिएको छ। बजारको न्यून विन्दु भने ११९४ दशमलव ०६ थियो। 

आज २७ करोड ७३ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। 

Hardik ivf

आजको बजारको अवस्था  

आज सर्वाधिक कारोबार हुने 
आज सबैभन्दा धेरै कुमारी बैंकको शेयर किनबेच भएको छ। कुमारी बैंकको १ करोड ६२ लाख बराबरको शेयर किनबेच भएको छ। 


आज सर्वाधिक कमाउने र गुमाउने 
आज सबैको लघुवित्तका शेयरधनीले सर्वाधिक ९ दशमलव ९८ प्रतिशतले कमाए भने युनाइटेड फाइनान्सका शेयरधनीले सर्वाधिक ६ दशमलव ४१ प्रतिशतले गुमाए। 


प्राविधिक विश्लेषण 

चित्र नं १ : दैनिक मैनबत्ती प्रवृत्ति


 

चित्र नं १, नेप्सेको दैनिक मैनबत्ती प्रवृत्ति अनुसार बजार हालसम्म घट्दो च्यानलमा सीमित रहेको र हाल टेवा क्षेत्रमा रहेको देखिन्छ। आजको मैनबत्तीले डोजी आकृति बनाएको छ, यसले बजारको प्रवृत्ति परिवर्तन हुन सक्ने संकेत गरे पनि अर्को दिनको मैनबत्तीलाई पनि हेर्नु पर्ने हुन्छ। आजको परिमाण भने सामान्य रहेको छ। 

चित्र नं.२ : पाँच मिनेट मैनबत्ती प्रवृत्ति

चित्र नं. २, विगत दुई दिनदेखि बजारको उतारचढाव कस्तो रह्यो भनेर हेर्नलाई पाँच मिनेट समयावधिका मैनबत्तीलाई प्रयोग गरिएको छ। दुई दिनदेखि बजार घट्दो प्रवृत्तिमा रहेको देखिन्छ। 

आजको कारोबारमा २१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए) ले आज पनि बजारमा विक्रेता हाबी रहेको संकेत गरेको छ। आज रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ४३ दशमलव १२ अंकमा रहेको छ। आरएसआईको प्रवृत्ति र स्टोकास्टिक अक्सिलेटरले कारोबारको अन्तिम समयमा क्रेताको चाप रहेको संकेत गरेको छ। 

निष्कर्ष : लामो समयावधिको बजार प्रवृत्ति हाल मुख्य टेवा क्षेत्रमा रहेको देखिन्छ।  छोटो समयावधिको नेप्से प्रवृत्ति घट्दो प्रवृत्तिमा रहेको देखिन्छ। समग्रमा हेर्दा यदि बजार १२०२ भन्दा माथि स्थिर रहेमा बजार केही सकारात्मक हुने संकेत गरे पनि अर्को तत्कालीन सामान्य प्रतिरोध १२०६ देखि १२१२ को क्षेत्रमा रहेको देखिन्छ। त्यस्तै, बजारको तत्कालीन टेवा क्षेत्र चित्र नं. १ मा देखिए बमोजिम च्यानलको तल्लो प्रवृत्ति रेखामा रहेको देखिन्छ।  
 

प्रकाशित मिति: १७:५८ बजे, बिहीबार, भदौ १२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्