Kathmandu Press

निफ्राको तेस्रो वार्षिक साधारण सभाबाट ८ प्रतिशत बोनस सेयर पारित

काठमाडौं, मंसिर २९ : नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को तेस्रो वार्षिक साधारण सभा काठमाडौंको बत्तीसपुतलीस्थित अनुमप फुडल्यान्ड एन्ड ब्याक्वेटमा सम्पन्न भएको छ।सभाले ८ प्रतिशत...
निफ्राको तेस्रो वार्षिक साधारण सभाबाट ८ प्रतिशत बोनस सेयर पारित
Hardik ivf

काठमाडौं, मंसिर २९ : नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को तेस्रो वार्षिक साधारण सभा काठमाडौंको बत्तीसपुतलीस्थित अनुमप फुडल्यान्ड एन्ड ब्याक्वेटमा सम्पन्न भएको छ।

सभाले ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। सभाले २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारुति गर्ने र आव २०७८/७९ का लागि लेखापरिक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका मंसिर ९ गते बन्द गरेको थियो। यस आधारमा कम्पनीको लाभांश मंसिर ९ गते सम्म कायम शेयरधनीले पाउनेछन्। 

प्रकाशित मिति: १७:२७ बजे, बुधबार, मंसिर २९, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्