Kathmandu Press

मेगा बैङ्ककाे प्रस्तावित १२.७ प्रतिशत लाभांश साधारण सभाबाट पारित

मेगा बैङ्ककाे प्रस्तावित १२.७ प्रतिशत लाभांश साधारण सभाबाट पारित
Hardik ivf

कठमाडौं, मंसिर २९ : मेगा बैङ्क नेपाल लिमिटेडले प्रस्तावित १२ दशमलव ७ प्रतिशत लाभांश पारित गरेको छ। काठमाडौंमा मंगलबार सम्पन्न बैंकको ११औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७७र७८ सम्म सञ्चित मुनाफा एवं वितरणयोग्य रकममध्येबाट हाल कायम चुक्ता पुँजीको १२ दशमलव ७ प्रतिशतले हुन आउने १ अर्ब ७६ करोड ८८ लाख ५४ हजार २ सय ७० रुपैयाँ ३८ पैसा लाभांश पारित गरेको हो।

त्यसमध्ये चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने १ अर्ब ४६ करोड ५४ लाख ९६ हजार ४ सय ९५ रुपैयाँ ७६ पैसा बोनस सेयर र २ दशमलव ७ प्रतिशतले हुन आउने रकम ३० करोड ३३ लाख ५७ हजार ७ सय ७४ रुपैयाँ ६२ पैसा नगद लाभांश सभाले अनुमोदन गरेको हो।

साधारण सभाले बैंकमा वैदेशिक रणनीतिक साझेदार ल्याउन सञ्चालक समितिलाई अख्तियारी पनि दिएको छ। यसैगरी, गाभ्ने अथवा गाभिने (मर्जर) र प्राप्ति गर्ने सम्बन्धमा आवश्यकताअनुसार मर्जर समिति गठन गर्न, समझदारी गर्न, मूल्याङ्कनकर्ता नियुक्त गर्न र सेयर आदानप्रदान अनुपात निर्धारणलगायत कार्यका लागि सभाले सञ्चालक समितिलाई अख्तियारी दिएको छ।

प्रकाशित मिति: १५:१३ बजे, बुधबार, मंसिर २९, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्