Kathmandu Press

मुक्तिनाथ बैंककाे प्रस्तावित १८.५० प्रतिशत बोनस सेयर साधारणसभाबाट पारित

काठमाडाैं, मंसिर २६ : मुक्तिनाथ विकास बैंकले प्रस्तावित १८.५० प्रतिशत बोनस सेयर पारित गरेको छ।  बैंकको १५औं वार्षिक साधारणसभाले सेयरधनीलाई सो बोनस दिने...
मुक्तिनाथ बैंककाे प्रस्तावित १८.५० प्रतिशत बोनस सेयर साधारणसभाबाट पारित

काठमाडाैं, मंसिर २६ : मुक्तिनाथ विकास बैंकले प्रस्तावित १८.५० प्रतिशत बोनस सेयर पारित गरेको छ।  बैंकको १५औं वार्षिक साधारणसभाले सेयरधनीलाई सो बोनस दिने प्रस्ताव पारित गरेको हो।

साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनपारित गर्दै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति पनि गरेको छ।

बैंकले आफ्नो एटिएम कार्ड प्रयोग गरी नेपालभरिका भिसा नेटवर्कमा आबद्ध जुनसुकै बैंकको एटिएम बुथबाट नगद झिक्न शुल्क नलाग्ने व्यवस्था पनि गरेको छ।

मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा गर्ने लगायतका सुविधा पनि दिँदै आएको बैंकले जनाएको छ।

प्रकाशित मिति: १६:३९ बजे, आइतबार, मंसिर २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्