Kathmandu Press

‘अपांगता भएका व्यक्तिको संवैधानिक अधिकार सुनिश्चित गर्न मेरो उम्मेदवारी’

जन्मजातका साथै सशस्त्र द्वन्द्व, पटक–पटकका लोकतान्त्रिक जनआन्दोलनहरू, विनाशकारी महाभूकम्प, विपद् दुर्घटना, रोगजस्ता धेरै कारणले अहिले हामीकहाँ अपांगता भएका व्यक्तिको संख्या ठूलो छ। कुनै पनि व्यक्ति अपांगता हुँदा धेरै सपना टुट्छ। तिनै टुटेका सपना जोड्ने मेरो अभियान निरन्तर र अथक छ।
‘अपांगता भएका व्यक्तिको संवैधानिक अधिकार सुनिश्चित गर्न मेरो उम्मेदवारी’

२० वर्षको उमेर (२०५४ साल) मा बायाँ गोडा गुमाएँ, गोडामा समस्या आएपछि घुँडाभन्दा तल काट्नुप¥यो। हाल कृत्रिम गोडा राखेको छु। त्यति बेला परिवार आत्तिएको थियो। तर, मैले आफ्नो आत्मविश्वास कमजोर बनाइनँ। संविधानले अहिले अपांगता भएको व्यक्तिको अधिकार सुनिश्चित गरिदिएको छ।

अपांगताको अधिकार सुनिश्चित गर्न नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय सदस्यका उम्मेदवारी दिएको छु। नेपाली कांग्रेसमा पहिलोपल्ट अपांगता भएका व्यक्तिका लागि अवसर मिलेको छ। पहिले यस्तो व्यवस्था थिएन। अनुभवी र अग्रजको सल्लाह अनुसार केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएको हुँ।

तनहुँ दमौलीको आदिकवि भानुभक्त क्याम्पसमा अध्ययन गर्दादेखि म स्वतन्त्र विद्यार्थी युनियनमा सक्रिय भएँ। नेविसंघको सदस्य हुँदै गर्दा पार्टीभित्र पद नपाए पनि सक्रिय भूमिका निर्वाह गरेँ। त्यसैले ०७४ मा राष्ट्रियसभाको सदस्य बन्ने अवसर पाएँ। त्यसपछि संविधानको मस्यौदा बनाउने बेलादेखि अपांगता भएका व्यक्तिको अधिकारका लागि चासो दिएँ। त्यसैले अहिले संविधान सुनिश्चित गरेअनुसार केन्द्रमा जाने तयारीमा छु।

Hardik ivf

पहिले मैले मानव अधिकार आयोग तथा अपांगताको विषयमा काम गरें। आफू स्वयं अपांग भएकाले अपांगताको समस्या नियालेँ। विविध समस्या भोगेँ। आगामी दिनमा उनीहरूको समस्यालाई ध्यानमा राख्दै अगाडि बढ्न सक्ने क्षमता छ। अपांगता भएकाहरूको अधिकार सुनिश्चित गर्न म राजनीतिमा आएको हुँ। किनकि अपांगताको समस्या मैले नजिकबाट भोगेँ। अधिकारको अभियानमा लागिपरेँ।

संविधानले अपांगता भएका व्यक्तिहरुलाई समेट्यो। हामीले वडादेखि नै अपांगता भएको व्यक्तिलाई खोजेका हौँ। यस्तो स्थिति ल्याउन पार्टीको नेतृत्व तहसम्म हामीले माग राखेका हौँ।

पछिल्लो समय नेपाली कांग्रेसदेखि अन्य पार्टीले समावेशिताको कुरा गर्दै आए पनि मधेसी, दलित, आदिवासी, जनजातिलाई समेटिएको छ। तर, अपांगतालाई समेटेको खासै पाइँदैन। समावेशीको कुरा संविधान बनेपछाडि नै अभ्यास भएको देख्न सक्छौँ।

अपांगता भएका व्यक्तिलाई समेट्न अभियान मात्र गरेर नहुने अवस्था देखेँ। यसका लागि राजनीतिमै पहुँच हुनुपर्छ, बहस हुनुपर्छ।

जन्मजातका साथै सशस्त्र द्वन्द्व, पटक–पटकका लोकतान्त्रिक जनआन्दोलनहरू, विनाशकारी महाभूकम्प, विपद् दुर्घटना, रोगजस्ता धेरै कारणले अहिले हामीकहाँ अपांगता भएका व्यक्तिको संख्या ठूलो छ। कुनै पनि व्यक्ति अपांगता हँुदा धेरै सपना टुट्छ। तिनै टुटेका सपना जोड्ने मेरो अभियान निरन्तर र अथक छ।

२०–२५ वर्षको दौडानमा मैले अपांगता भएका व्यक्तिको समस्या बुझेँ। शिक्षा, रोजगार, स्वास्थ्य आदिको अवस्था बुझेँ। शिक्षा, सुरक्षा, स्वास्थ्य लगायत थुप्रै कुरामा उनीहरुको पहुँच छैन। उनीहरुका अथाह समस्या छन्। त्यसको समाधान राजनीतिक रुपमै खोजिनुपर्छ। त्यसैले अपांगता भएका व्यक्तिको समस्यालाई समाधान गर्नकै म राजनीतिमा आएको हुँ। केन्द्रीय सदस्य बनेर काम गर्ने अवसर पाए अपांगता भएका व्यक्तिको हक–अधिकार स्थापित गर्ने काम गर्नेछु।

अपांगता भएका व्यक्तिको अधिकार प्राप्तिको अभियान प्रभावकारी र सफल बनाउन अझै धेरै कार्य गर्न बाँकी छ। संविधान र मौलिक हकको सफल कार्यान्वयनका लागि अझै ठूलो संघर्ष गर्नुपर्ने परिस्थिति खडा भएका छन्।

यद्यपि अधिकार प्राप्तिको लड़ाइँलाई टुंगोमा पु¥याउन पार्टी संगठनको नेतृत्वमा केही कार्य सुरुवात भइसकेको छ,  बाँकी कार्य सम्पन्न गर्न पार्टीको केन्द्रीय नेतृत्वमा पुग्न अत्यावश्यक छ।

(नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा अपांगता भएकातर्फबाट केन्द्रीय सदस्यका उम्मेदवार पन्थसँग काठमाडौं प्रेसकर्मी सरिशा अछामीले गरेको कुराकानीमा आधारित।)

 

प्रकाशित मिति: १०:१० बजे, आइतबार, मंसिर २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मैले चिनेका दमन दाइ
मैले चिनेका दमन दाइ
दशैंकाे भाग
दशैंकाे भाग
दसैं हिन्दुको कि नेपालीको?
दसैं हिन्दुको कि नेपालीको?