Kathmandu Press

शेयर बजार केही सकारात्मक, अब के होला?

काठमाडौं, भदौ १० : साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक ४ दशमलव ८७ ले वृद्धि भएर १२०८ को विन्दुमा पुगेको छ। 

दोस्रो बज....

शेयर बजार केही सकारात्मक, अब के होला?

काठमाडौं, भदौ १० : साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक ४ दशमलव ८७ ले वृद्धि भएर १२०८ को विन्दुमा पुगेको छ। 

दोस्रो बजार परिसूचकमा ० दशमलव ४१ प्रतिशतकोे वृद्धि देखिएको छ। दोस्रो बजार १२०३ दशमलव १३ को विन्दुमा खुलेको थियो भने १२१२ दशमलव ३१ को उच्च विन्दुसम्म पुगेको थियो। 

आज बजारको न्यून विन्दु १२०३ दशमलव १३ थियो। आज २४ करोड ४६ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। 

Hardik ivf

आजको बजारको अवस्था 

आज सर्वाधिक कारोबार हुने 
आज सबैभन्दा धेरै एन.आई.सी. एशिया बैंकको शेयर किनबेच भएको छ। एन.आई.सी. एशिया बैंक लिमिटेडको २ करोड ३६ लाख बराबरको शेयर किनबेच भएको छ। 


आज सर्वाधिक कमाउने र गुमाउने 
आज सबैको लघुवित्तका शेयरधनीले सर्वाधिक ९ दशमलव ९४ प्रतिशतले कमाए भने सिटी एक्सप्रेस फाइनान्सका शेयरधनीले सर्वाधिक ६ दशमलव ८९ प्रतिशतले गुमाए। 


शेयर सूचीकरण 
आज नेपाल लाइफ इन्स्योरेन्स र सेञ्चुरी कमर्सियल बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत भएका छन्।

लाभांश गतिविधि
समिट लघुवित्त वित्तीय संस्थाले २१ दशमलव ०९ प्रतिशत बोनस शेयर र १ दशमलव ११ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधारणसभाले अनुमोदन गरे पश्चात वितरण गरिने छ। 

प्राविधिक विश्लेषण 

अघिल्लो कारोबार दिन अघिको विश्लेषणको निष्कर्ष अनुसार यदि बजार १२११ भन्दा माथि स्थिर रहेमा बजार केही सकारात्मक हुन सक्ने संकेत गर्दछ भनिएको थियो। आज बजार १२११ भन्दा माथि गएपनि स्थिर रहन सकेन र नेप्से परिसूचक १२०८ को विन्दुमा बन्द भएको छ। 

चित्र नं १ : दैनिक मैनबत्ती प्रवृत्ति

चित्र नं १, नेप्सेको दैनिक मैनबत्ती प्रवृत्ति अनुसार बजार हालसम्म घट्दो च्यानलमा सीमित रहेको र हाल टेवा क्षेत्रमा रहेको देखिन्छ। आजको मैनबत्तीले कारोबारको मध्य समयसम्म क्रेताको चाप रहे पनि अन्तिम समयमा विक्रेता हाबी रहेको संकेत गरेको छ। आजको परिमाण भने प्रभावकारी देखिँदैन।  

चित्र नं.२ : पाँच मिनेट मैनबत्ती प्रवृत्ति


 

चित्र नं.२, यो पाँच मिनेट मैनबत्ती प्रवृत्तिको हो। हिजो र आजको प्रवृत्तिले बजार प्रवृत्तिहीन रहेको देखिन्छ। घट्दो प्रवृत्तिमा रहेको बजार प्रवृत्तिहीन हुनुमा विक्रेताको चाप कम हुँदै गएको संकेत गरे पनि बजार सकारात्मक भई हालेको संकेत गरेको देखिँदैन।

प्रवृत्तिहीन रहेको बजारमा २१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरुले दिएको संकेत प्रभावकारी देखिँदैन। आज रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ५२ दशमलव ६३ अंकमा रहेको छ र यसको प्रवृत्ति र बजारको प्रवृत्तिले ‘हिडन बुलिस डाइभर्जेन्स’ बनाएको छ। यसले छोटो समयका लागि बजार सकारात्मक हुन सक्ने संकेत गर्दछ। स्टोकास्टिक अक्सिलेटरले कारोबारको अन्तिम समयमा क्रेताको चाप रहेको संकेत गरेको छ।

निष्कर्ष : लामो समयावधिको बजार प्रवृत्ति हाल मुख्य टेवा क्षेत्रमा रहेको देखिन्छ। छोटो समयावधिको नेप्से प्रवृत्ति र सूचकले अर्को कारोबार दिनको पहिलो समयमा बजार केही सकारात्मक हुन सक्ने संकेत गरेको छ।

यदि बजार १२१३ भन्दा माथि स्थिर रहेमा बजार अझ केही सकारात्मक हुन सक्ने संकेत गर्दछ र अर्को तत्कालीन सामान्य प्रतिरोध १२२१ मा रहेको देखिन्छ।  त्यस्तै, बजारको तत्कालीन टेवा क्षेत्र चित्र नं. १ मा देखिए बमोजिम च्यानलको तल्लो प्रवृत्ति रेखामा रहेको देखिन्छ।  
 

प्रकाशित मिति: १८:१२ बजे, मंगलबार, भदौ १०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्