आइपिओ निष्कासनको तयारीमा सानिमा मिडिल तमोर
काठमाडाैं, मंसिर २१ : सानिमा मिडिल तमोर हाइड्रोपावर आइपिओ निष्कासनको तयारीमा जुटेको छ।त्यसका लागि कम्पनीले पुस १४ गते साधारणसभा बोलाएको छ। साधारणसभामा आइपिओ...काठमाडाैं, मंसिर २१ : सानिमा मिडिल तमोर हाइड्रोपावर आइपिओ निष्कासनको तयारीमा जुटेको छ।
त्यसका लागि कम्पनीले पुस १४ गते साधारणसभा बोलाएको छ। साधारणसभामा आइपिओ निष्कासन गर्ने प्रस्ताव लैजाने जनाइएको छ।
साधारणसभामा कम्पनीको सेयरको प्रारम्भिक सार्वजनिक निष्कासन गर्ने तथा यस कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी दिने भएको छ।
कम्पनीको सेयरको प्रारम्भिक सार्वजनिक निष्कासनबाट प्राप्त हुने कूल रकमको उपयोग सम्बन्धी वित्तीय योजना तथा रणनीति निर्धारण गर्ने भएको छ।
साधारणसभाले कम्पनीले एक जना स्वतन्त्र सञ्चालक पनि नियुक्त गर्नेछ ।
प्रकाशित मिति: १५:१३ बजे, मंगलबार, मंसिर २१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेप्से १४ अंकले बढ्दा कारोबार १० अर्ब पुग्याेबिहीबार, कात्तिक २९, २०८१
नेप्से ६४ अंकले बढ्यो, हालसम्मकै उच्च कारोबारबुधबार, साउन १६, २०८१
नेप्से दोहोरो अंकले घट्यो, १६ अर्ब २० करोडको कारोबारबुधबार, साउन ९, २०८१
नेप्से ७५ अंकले बृद्धि, १४ अर्ब ११ करोडको कारोबारमंगलबार, साउन ८, २०८१