Kathmandu Press

२० प्रतिशत लाभांश पारित गर्न गणपति लघुवित्तले पुस १७ गते वार्षिक साधारणसभा गर्ने

२० प्रतिशत लाभांश पारित गर्न गणपति लघुवित्तले पुस १७ गते वार्षिक साधारणसभा गर्ने

काठमाडौं, मंसिर २१ : गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी पुस १७ गते पाँचौं वार्षिक साधारणसभा गर्ने भएको छ।

कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले उक्त दिन तनहुँको शुक्लागण्डकी नगरपालिका–४ स्थित ह्वाइटहाउस पार्टी प्यालेसमा बिहान ११ बजेबाट गर्ने निर्णय गरेको हो।

Hardik ivf

सभाले गत आर्थिक वर्षका लागि सेयरधनीहरुका लागि प्रस्तावित प्रस्तावित २० प्रतिशत लाभांश (१९ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १ प्रतिशत नगद) अनुमोदन गर्नेछ।

वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि संस्थाले पुस ७ देखि पुस १६ गतेसम्म बुक क्लोज गर्ने निर्णय पनि गरेको छ।

प्रकाशित मिति: १२:०७ बजे, मंगलबार, मंसिर २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्